तिलागुफामा भेडीगोठका लागि सोलार वितरण

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० रुडुका १५ भेडी गोठका लागि सोलार बितरण गरिएको छ ।

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग, मानवअधिकार तथा बाताबरण बिकास केन्द्र हुरण्डेक नेपाल कालीकोटको सहजीकरण, पश्चिम् नेपाल समुदायमा आधारित हाब्रे संरक्षण परियोजना अन्तर्गत तिलागुफा नगरपालिकाको समन्वयमा तिलागुफा नगरपालिका(१० रुडुका १५ वटा भेडी गोठका लागि ५० वाटको १५ पिस सोलार बितरण गरिएको हो ।

तिलागुफा नगरपालिकाले स्थानीय भेडापालक किसानहरूको सहजताका लागि रुडुको लेकाली भेकमा व्यावसायिक रुपमा भेडापालनमा लागेका किसानहरूका लागि यसअघि पनि विभिन्न सामग्रीहरु बितरण गर्दै आइरहेको थियो ।

तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले स्थानीय किसानहरूलाई सहयोग गरेर व्यावसायिक भेडापालन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न दातृ निकायबाट श्रोत व्यवस्थापन गरी १५ वटा भेडीगोठ व्यवस्थापनका लागि सोलार वितरण गरिएको बताउनुभयो ।

यस्तै नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले प्रसस्त चरन क्षेत्र भएको रुडुमा भेडापालन व्यवसायलाई थप व्यवस्थित बनाउने बताउनुभयो ।

रुडुका स्थानीय भेडापालन गर्ने किसानले नगरपालिकाले विभिन्न ठाउँमा समन्वय गरि सोलार उपलब्ध गराएपछि अब भेडीगोठमा अन्धकारमा बस्नु नपर्ने बताएका छन् । वर्षमा ६ महिना लेकतिर र ६ महिना औलतिर बस्ने कृषकले । सामान्य टर्चले भेडिगोठमा उज्यालोको काम गर्दै आएका थिए । नगरपालिकाले गोठमा सोलार जडान गर्नका लागि आवश्यक सामग्री बितरण गरेपछि भेडाको रेखदेख गर्न समेत सहज भएको छ ।

भेडापालन व्यवसाय रुडुको प्रमुख ब्यावसाय भएकाले यसलाई थप व्यवसायिक बनाउनुपर्ने किसानको माग छ । परापूर्वकालदेखि भेडापालन गर्ने पेशा अहिले पनि निरन्तर छ । सरकारी जागरे जस्तै हो भन्दै एक किसानले भने, 'दु:ख गर्ने हो भने राम्रै आम्दानी पनि हुन्छ । भेडाहरूमा लाग्ने रोग, अव्यवस्थित गोठ जस्ता समस्याहरूले कहिलेकाही समस्या पनि आउने गरेको छ । तर पछिल्लो समय नगर सरकारले विभिन्न किसिमका सहयोगहरू गर्न थालेपछि हामीलाई भेडापालन गर्न हौसला मिलेको छ ।'

पशुपालन व्यवसायमा प्रचुर सम्भावना बोकेको रुडुलाई भेडापालन पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँ भेडापालन व्यवसायलाई अझ व्यवस्थित गर्नका लागि फर्म दर्ता, भेडाको बिमा जस्ता कार्यक्रमहरू अझ प्रभावकारी रुपमा लागू गर्नुपर्ने स्थानीय किसानहरूको माग छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?