केएमसी बास्केटबल शुक्रबारदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । केएमसी स्कुलको आयोजनामा तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न चार विधामा ३८ टिमको सहभागिता रहने केएमसीका निर्देशक डा. मनोजकुमार थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान आठ-आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । सिनियर ब्वाइज सहभागी टिमलाई चार समूह तथा जुनियर ब्वाइज र गल्र्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । थ्री अन थ्री स्वरूपमा हुने प्रतिस्पर्धामा ६ टिमले भाग लिनेछन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने केएमसीका एकेडेमिक को–अर्डिनेटर इन्द्रमणि ज्ञवालीले बताउनुभयो । केएमसीका प्रिन्सिपल द्वारिकानाथ अंगाईंले विद्यालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन र विद्यार्थीलाई खेलमा लाग्न प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । भदौ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू बुद्धनगरस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?