शनिबार बागमतीमा र्‍याफ्टिङ र्‍याली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हामी सँगसँगै सहकार्य गरौँ भन्ने नाराका साथ र्‍याफ्टिङ खेल प्रवद्र्धन तथा बागमती नदी स्वच्छ राख्ने उद्देश्यले बागमतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ । जिल्ला समन्वय समिति काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा शनिबार एकदिने र्‍याफ्टिङ र्‍याली हुने भएको होे । समितिद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा र्‍याफ्टिङ सुन्दरीजलबाट सुरु भएर कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुने समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।

काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरपालिकासहित १० वटै स्थानीय निकायले बागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने उहाँको भनाइ थियो ।

कुल ४५ डुंगाले सुन्दरीजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछन् । प्रत्येक ढुंगाामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी छजना हुने र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले बताउनुभयो । र्‍याफ्टिङ अभियानबाट बागमती नदीमा पनि र्‍याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिने, नदी स्वच्छ र सुन्दर बनाउने र नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने आयोजकको विश्वास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?