काठमाडौं महानगरमा आज सार्वजनिक बिदा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिइएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।

सापारु र रोपाइ जात्राको परम्परालाई निरन्तरता दिई र त्यसको महत्वको प्रचार प्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको जनाएको छ ।

‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।

नेवार समुदायले काठमाडौंमा बिहीबार नै गाईजात्रा मनाए पनि शुक्रबार रोपाइ जात्रा मनाउने भए पछि महानगरपालिकाले सो निर्णय गरेको हो ।

यी सडकमा आज सवारीसाधन निषेध

यसैबीच, काठमाडौं महानगरपालिकाले आज काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गर्ने भएको छ ।

आज गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालन गर्न नदिइने काठमाडौं महानगरले जनाएको छ ।

महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश गराउन पाइने छैन ।

महानगरले यसअघि बिहीवार गाईजात्राको अवसरमा पनि यी क्षेत्रमा सवारी साधन निषेध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?