सप्तऋषिको तपस्थली र हिमालका देवताको वासस्थान रिखार क्षेत्र

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 11 mins

म्याग्दी । धौलागिरि हिमालको फेद । चारैतिर हरियालीले युक्त भूगोल । अनकन्टार ठाउँमा ताल । तालको विचमा डुंगा आकारको ढुंगा माथि निर्माण गरिएको प्राचीन शैलीको मन्दिर । वरिपरि खर्क र बुकी सहितको हिमाली दृश्य ।

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ८ कुइनेमंगलेमा धौलागिरि हिमालको फेदैमा अवस्थित सप्तऋषिको तपस्थली र ‘हिमालका देवता’को बासस्थान रिखार क्षेत्रको मनमोहक प्राकृतिक दृश्य हो यो ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब ४० किलोमिटर उत्तरतर्फ धौलागिरि हिमालको फेदमा अवस्थित रिखार क्षेत्र धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय गन्तव्यका रुपमा समेत महत्वपूर्ण रहेको छ ।

आवश्यक प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावका कारण ‘बत्तीमुनिको अँध्यारो’ बनेको रिखार क्षेत्रको प्रचारप्रसारका लागि स्थानीयवासीले जिल्लाका सरोकारवाला निकायलाई जानकारी गराउनेदेखि लिएर सो क्षेत्रको सरसफाइ र गोरेटोबाटो निर्माण गरेका छन् । रिखारमा आज जनैपूर्णिमाका दिन सप्तऋषिको विशेष पूजाआजा हुनुका साथै भव्य मेलाको आयोजना गरिएको छ ।

स्कन्दपुराणका अनुसार द्वापरयुगमा देवीदेवता र ऋृषिमुनिले तपस्या गर्ने रिखार क्षेत्र मनमोहक प्राकृतिक वातावरण, जैविक र सांस्कृतिक विविधता, वन्यजन्तु तथा पक्षीका कारण आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना रहेको रघुगंगा गाउँपालिका ८ का वडाअध्यक्ष गमान छन्त्यालले बताउनुभयो । रिखार क्षेत्रलाई हिमालका देवताको बासस्थान भनेर चिनिने गरिएको उहाँको भनाइ छ ।

रिखार ताल छेउमै रहेको शिवमन्दिर र वर्षौंपहिलेका शिल्पीको संरक्षणका लागि स्थानीय तहबाट भएको प्रयासलाई माथिल्लो निकायबाट सहयोग नभएको त्यस क्षेत्रको पर्यटकीय विकासमा सक्रिय रहँदै आउनुभएका स्थानीयवासी अंकित पुनले बताउनुभयो । पुनका अनुसार संरक्षणको अभावमा मन्दिर जीर्ण बनेको छ भने छन्त्याल, मगरलगायत भाषाका शिल्पलिपिहरू नष्ट हुने अवस्थामा छन् ।

सरोकारवालाको बेवास्ताका कारण त्यस क्षेत्रमा गरिएको अध्ययनको प्रतिवेदन अहिले अलपत्र परेको छ । रिखार क्षेत्रमा पुग्न उचित बाटोघाटो निर्माण र अन्य भौतिक संरचनाको निर्माणतर्फ सबैको ध्यान पुगे त्यहाँको विकास हुने स्थानीय बासिन्दा देउमान घर्तीको भनाइ छ । तलाउको जलले स्नान गरी भगवानको पूजाअर्चना गर्नाले भगवान्को लोक पाउने र पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । देशका विभिन्न स्थानका साथै भारतबाट आउने तीर्थयात्री र पर्यटक बाटो र खानेबस्ने होटलको सुविधा नहुँदा समस्यामा पर्ने गरेका छन् ।

प्रकृतिको काखमा पवित्र तीर्थस्थल

कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त हिमालीस्थल ‘रिखार क्षेत्र’ धर्तीको स्वर्ग र हिमाली देवताको वासस्थान भनेर चिनिन्छ ।

संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको पवित्र धार्मिकस्थल रिखार क्षेत्र जति विकट छ त्योभन्दा सयौं गुणा मनमोहक र चित्ताकर्षक रहेको नवीन आनन्द योग केन्द्रका योग गुरु नवीन जुग्जालीले बताउनुभयो ।

सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखारमा जनै पूर्णिमाको दिन विशेष पूजाआजा हुने गर्दछ ।
बेनीबाट गलेश्वर, मोवाफाँट, दग्नाम, दर्मिजा, चिमखोला, मंगले, घाँसीखर्क, चौरखानी, द्धारी, पात्लेखर्क, बयलीखर्क हुँदै हिमालको फेदमा अवस्थित रिखार क्षेत्रमा पुग्न सकिन्छ ।

मत्स्य पुराणमा वर्णित रिखार

हिन्दूधर्माका धेरै धार्मिक ग्रन्थहरुमा रिखार क्षेत्रको बारेमा धेरै वर्णन गरिएको भए पनि रिखार क्षेत्र नेपालको म्याग्दी जिल्लामा पर्छ भन्ने कुरा धेरैलाई जानकारीमा नै छैन ।

मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषिहरु डुंगामा चढी सुरक्षत स्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुंगा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धवलागिरि पर्वतलाई समुद्रको बीचमा माथि उठेको देखे र आफ्नो डुंगालाई त्यतैतिर अघि बढाई यहाँ आएर तपस्या गरेको उल्लेख गरिएको पं भीमनाथ पराजुलीले बताउनुभयो ।

सप्तऋषिको तपोभूमि

पुलहाश्रम अन्र्तगतका चार धामहरुमध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम,पश्चिममा मानसरोवरधाम,दक्षिणमा जगन्नाथ धाम र उत्तरमा मुक्तिनाथ धाम रहेका छन्।बाल्मीकि गुफा,अरुन्धती गुफा,सप्तऋषि गुफा नामका गुफा रहेका छन् ।

डुंगा आकारको ढुंगा र गुफाले मत्स्य पुराण र श्रीमद्भागवत महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको पं भीमनाथ पराजुलीले जानकारी दिनुभयो । सप्तऋषिको तपोभूमिसमेत रहेको रिखार क्षेत्र हिन्दूधर्मावलम्बीहरूको आस्थाको धरोहरसमेत मानिन्छ ।

जनै पूर्णिमा मेला तथा विशेष पूजा

सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष पूजाआजा सहित जनै पूर्णिमा मेला सुरु भएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइँनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त हिमाली स्थल ‘रिखार क्षेत्र’ धर्तीको स्वर्ग र हिमाली देवताको बासस्थान भनेर चिनिन्छ ।

“वैदिक समाजका आरम्भकर्ता सप्तऋषीले तपस्या गरेको यस क्षेत्रमा परापूर्व कालदेखि नै जनैपूर्णिमाको दिन विशेष पूजा र मेलाको आयोजना गरिदै आइएको छ” रिखार युवा क्लबका संरक्षक अंकित पुनले भन्नुभयो ।

हिन्दूका विभिन्न धार्मिक ग्रन्थमा रिखार क्षेत्रका बारेमा धेरै वर्णन गरिएको भए पनि यो क्षेत्र नेपालको म्याग्दी जिल्लामा पर्छ भन्ने कुरा धेरैलाई जानकारीमा नै छैन ।

मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषि डुंगामा चढी सुरक्षितस्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुंगा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धवलागिरि पर्वतलाई समुद्रका बीचमा माथि उठेको देखे र आफ्नो डुंगालाई त्यतैतिर अघि बढाई यहाँ आएर तपस्या गरेको उल्लेख गरिएको छ ।

पुलहाश्रमअन्तर्गतका चार धाममध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा मानसरोवरधाम, दक्षिणमा जगन्नाथ धाम र उत्तरमा मुक्तिनाथ धाम रहेका छन् । वाल्मीकि गुफा, अरुन्धती गुफा, सप्तऋषि गुफा नामका गुफा पनि यस क्षेत्रमा रहेका छन् । डुंगा आकारको ढुंगा र गुफाले मत्स्यपुराण र श्रीमद्भागवत् महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको पं भीमनाथ पराजुलीले बताउनुभयो । सप्तऋषिको तपोभूमिसमेत रहेको रिखार क्षेत्र हिन्दू धर्मावलम्वीको आस्थाको धरोहरसमेत मानिन्छ ।

हरेक वर्ष जनैपूर्णिमामा यहाँ आउने भक्तजनले एकपटक पुग्नैपर्ने पर्यटकीय तथा धार्मिकस्थलका रुपमा प्रचारप्रसार गरेकै आधारमा पछिल्लो समय जिल्लाका साथै देशभरबाट धार्मिक पर्यटक आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ रिखार क्षेत्रमा पुग्ने गरेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले बताउनुभयो ।

समुद्री सतहदेखि चार हजार ६०० मिटरको उचाइमा अवस्थित रिखारमा पुग्ने धेरैले त्यहाँको भौगोलिक तथा मन्दिर आसपासका दृश्यलाई अवलोकन गरेपछि प्रकृतिको अनुपम उपहार पाएको धर्तीको स्वर्ग भनेर भन्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?