केन्द्रको जस्तै गाउँ–गाउँ पुगेर जनतासँग विशेष रुपान्तरण अभियान संचालन गर्दै माओवादी जुम्ला

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले यहाँका प्रत्येक गाउँ गाउँमै पुगेर जनतासंग माओवादी विशेष रुपान्तरण अभियान चलाउने भएको छ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान लिएर गाउँ पसेको छ ।

तीन चरणमा पार्टीको पूर्वघोषित विशेष अभियान चलाउने निर्णय भएको जुम्ला जिल्ला इन्चार्ज छिमी लामाले जानकारी दिनुभयो । गत साउनमा राजधानीमा बसेको बैठकले तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलाउने निर्णय गरेको थियो । देशभरका करिब २५ लाख जनता र मतदातामा पुग्ने गरी तीन चरणमा अभियान सम्पन्न गर्ने गरी कार्ययोजना पार्टीको केन्द्रिय कमिटिले बनाएको जुम्ला जिल्ला इन्चार्ज लामाले बताउनुभयो ।

पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण तथा विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तयार गर्नेछ । दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण,जनभेला, टोल टोलमा युवाभेला,स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया गर्ने गरी कार्यक्रम माओवादीले बनाएको छ । माओवादीले अभियानको नारा ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ तय गरेको छ ।

जुम्लाका आठवटै स्थानीय तहका जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेको कामहरूको जानकारी गराउने काम रहेको जुम्ला जिल्ला इन्चार्ज लामाको भनाइ छ । भदौ १६ गते एकै साथ देशभर र जुम्लाका ६० वटै वडामा अभियानको उद्घाटन हुने नेकपा माओवादी केन्द्र जुम्ला जिल्ला संयोजक विर बहादुर कुवँरले बताउनुभयो । विहीवार अभियानको वारे पत्रकार भेटघाट मार्फत जानकारी गर्दे जुम्ला इन्चार्ज लामाले भन्नुभयो,“पार्टीको ३ महिने अभियानलाई गौरवशाली, प्रभावशाली र ऐतिहासिक रुपमा सम्पन्न गर्न पार्टी सत्ता र सम्पूर्ण जवस मोर्चालाई एकिकृत रुपमा परिचालित गर्ने र ३ महिने अभियानलाई सफल पार्न केन्द्रले तोकिए अनुसार जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिका (नवराज न्यौपाने),सिंजा गाउँपालिका (प्रभात चलाउने), हिमा गाउँपालिका (गोविन्द तिमिल्सिना) लाई जिम्मेवारी दिएको छ । ”

त्यस्तै तिला गाउँपालिका (झक्कुप्रसाद घर्ति), तातोपानी गाउँपालिका (विरवहादुर रावत) गुठिचौर गाउँपालिका (रत्न गाह) पातारासी गाउँपालिका (डा.कलबहादुर रोकाया) र चन्दननाथ नगरपालिका(विर्खबहादुर थापा) लाई खटाईएको जुम्ला जिल्ला इन्चार्ज लामाले जानकारी दिनुभयो । जुम्लामा माओवादीले पार्टीका नेता र आम कार्यकर्तालाई मदिरा प्रयोग नगर्ने र गर्न नदिने निर्णय समेत भएको नेकपा माओवादी जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?