पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना हुनुभएको छ। मुटुमा केही असहज भएपछि शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना हुनुभएको हो ।

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ। मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घण्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको उहाँको भनाइ छ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुग्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?