महंगीको मारमा उपभोक्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दैनिक उपभोग्य सामानको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । सरकार सुशासनको उद्घोष गरिरहँदा यता उपभोक्ता भने महंगीको मारमा छन् ।

आजमात्र पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको प्रत्यक्ष असर अब उपभोक्ताको चुलोमासम्म पुग्ने निश्चित छ । त्यसमाथि दैनिक प्रयोगमा आउने खाना पकाउने एलपी ग्यासमा समेत अत्याधिक मूल्य वृद्धिले गरिव जनता दैनिकी झनै कष्टकर हुने निश्चित छ । विशेष गरी विद्यार्थी, निम्न आय भएका, दैनिक ज्यालादारी गरेर खर्च चलाउनेलाई छाक टार्न हम्मे परेको छ।

पेट्रोलीयम पदार्थको मूल्य बढेपछि खाद्यन्न देखि लत्ताकपडासम्मको ढुवानी खर्च बढ्ने भएकोले सम्पूर्ण वस्तु तथा सेवामा मूल्यवृद्धि हुने र महंगी बढ्ने अर्थविदहरु बताउँछन्।

अहिले अत्यावश्यक वस्तु दाल, चामल, खाने तेल, तरकारी लगायत दैनिक भान्सामा प्रयोग हुने वस्तुको मूल्य चर्को वृद्धि भएको छ।

भान्सामा सर्वाधिक खपत हुने मध्येको एक, चामल हो। जसमध्ये नेपालीको भान्सामा जीरा मसिनो, त्रिशुलीको पोखरेली चामल, लङग्रेन बासमती चामल, स्टिम सोना मन्सुली चामल पर्दछन्। उक्त चामलमा अहिले बजारमा निकै चर्को मूल्यवृद्धि भएको पाइन्छ।

यसरी मूल्य चर्को हुँदा आमउपभोक्ताले किनेर खान नसक्ने दिन नआउला भन्न सकिन्न। बजारमा सरकारको उपस्थिति कमजोर हुँदा ब्यापारीलाई भने दशैँ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?