भारतीय रेलवे बोर्डको नेतृत्वमा पहिलोपटक महिला

Read Time = 1 min

नयाँदिल्ली । भारतीय रेलवे बोर्डको नेतृत्व जया बर्मा सिन्हाले सम्हाल्नुभएको छ । उहाँ रेलवे बोर्डको अध्यक्ष बन्नुभएको हो । यसअघि अनिलकुमार लाहोटी बोर्डको अध्यक्ष हुनुहुन्थ्यो । जया यस बोर्डकी परेसन तथा बिजनेस डेभलपमेन्ट सदस्य हुनुहुन्थ्यो । जया, इलाहाबाद विश्वविद्यालयकी पूर्व छात्रा हुनुहुन्छ ।

उहाँ सन् १९८८ मा भारतीय रेलवे ट्राफिक सेवामा सामेल हुनुभएको थियो । उहाँले उत्तरी रेलवे, दक्षिण-पूर्वी रेलवे र पूर्वी रेलवेमा काम गर्नुभयो । जयाले बंगलादेशको ढाकास्थित भारतीय उच्चायोगमा चार वर्षसम्म रेलवे सल्लाहकारका रूपमा पनि काम गर्नुभयो । बंगलादेशमा उहाँको कार्यकालमा नै कोलकाताबाट ढाकासम्म चल्ने मैत्री एक्सप्रेसको उद्घाटन भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?