रोगबाट बच्न बेलैमा स्वास्थ्य परीक्षण गरौँ : उपप्रमुख डंगोल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

शनिवार पण्डित निष्ठानन्दको शालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वासथ्य शिविर सञ्चालन भएको हो । विश्व मधुमेह दिवस, २०२३ को अवसरमा आयोजित निःशुल्क शिविरको अवलोकनका लागि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो ।

शिविरको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधुमेहलगायतका रोग जीवनशैलीसँग जोडिने रोग भएकाले सबै सचेत हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल मधुमेही समाजको विशेष कार्यक्रमअन्तर्गत आज हामी संस्थामा नै भिजिट गर्न आएका छौँ । काठमाडौं महानगरपालिकाले पनि नेपाल मधुमेह समाजसँग सहकार्य गरी थुप्रै कार्यक्रम गरिरहेका छौँ । अहिले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी देख्न सक्छौँ । यस्ता रोग जीवनशैलीसँग जोडिएको रोग हो । यस्तोमा मान्छेलाई सचेत गराउनुपर्छ ।’

यस वर्ष ‘जोखिम बुझौँ, सजगता अपनाऔँ’ भन्ने नारासहित विश्व मधुमेह दिवस मनाइँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?