माघ २२ गते दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सरकारको सिफारिस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले माघ २२ गते संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस पठाउने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते ४ बजे दुवै सदनको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे संसद अधिवेशन आव्हानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।

गत कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?