काठमाडौं । ग्यालेक्सी एक्सिलेन्स अवार्डको तेस्रो संस्करणको औपचारिक घोषणा गरिएको छ । निकिला मिडिया नेटवर्कले गर्दै आएको यो अवार्डको तेस्रो संस्करण घोषणा गरिएको हो । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुंगेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाइन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् उक्त घोषणा गरिएको हो ।
केही वर्षयता सौन्दर्य प्रतियोगिता, फेसन शो, राष्ट्रिय अन्तर्राष्ट्रिय शो एवं कार्यक्रमहरू आयोजना गर्दै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ-आफ्नो क्षेत्रमा तल्लीन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद्, पत्रकार, समाजसेवी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा आबद्ध पेशाकर्मीहरूलाई उनीहरूले पु¥याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्ने गरेको छ ।
आयोजक संस्थाका अनुसार यसअघिका वर्षमा होटल र्याडिसन तथा होटल हायात प्यालेसमा भएको पहिलो र दोस्रो संस्करणका ३५ विधाका अवार्डलाई नै कायम राखेको छ । अवार्ड समारोह आउदो मे २५ मा होटल हायात प्यालेसमा आयोजना हुने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच