भदौ २० गतेदेखि महिला उद्यमी मेला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालले भदौ २० गतेदेखि महिला उद्यमी मेला-२०८० आयोजना गर्ने भएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा मेला आयोजना गर्ने जानकारी गराएको हो । महिलाहरूद्वारा उत्पादित सामग्री प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघका महासचिव कुमार भुजेलले बताउनुभययो ।

एक घर एक व्यवसायप्रति प्रतिबद्ध साना तथा मझौला व्यवसायीलाई एकीकृत रूपले एकताबद्ध गराउने उद्देश्य रहेको उहाँको भनाइ थियो । साना तथा मझौला उद्यमीको देशभर सञ्जाल विस्तार गरी उद्यमशीलता र बहुआयामिक उत्पादनको विकास र प्रवद्र्धनमा सहजीकरण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको भुजेलको भनाइ थियो ।

मेलामा महिला उद्यमीद्वारा निर्मित हस्तकला, लत्ताकपडा, कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामान, खाद्यान्न, नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामग्रीलगायत ७० वटा स्टल रहने आयोजकले जनाएको छ । महासंघकी सहअध्यक्ष इन्दु पौडेलले महिला उद्यमीद्वारा उत्पादित वस्तुको बजार प्रवद्र्धन र महिला उद्यमीको संरक्षणका लागि मेलाको आयोजना गर्न लागिएको बताउनुभयो ।

मुलुक संघीयतामा गएसँगै तीन तहको सरकार रहेकाले प्रदेशहरूले प्रत्येक प्रदेशमा महिला उद्यमीद्वारा उत्पादित वस्तुको बिक्री केन्द्र बनाउनुपर्ने र सरकारले नै समय-समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका महिला उद्यमी मेलासमेत आयोजना गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?