जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । भिमाद नगरपालिका-२ धरमपानी बस्ने गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी समेत सातजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?