मध्यआकाशमा इजिप्टको विमानमा हालियो इन्धन

Read Time = 1 min

कायरो । भारतीय वायुसेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइट स्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आइएल-७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो ।

‘इजिप्टको आकाशमा भारत–इजिप्टमैत्रीलाई ब्राइट स्टार-२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ’, भारतीय वायुसेनाले आफ्ना केही सैन्य अधिकारी अबका तीनसाता इजिप्टमा रहने सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

भारतको रक्षा मन्त्रालयले पारस्परिक प्रतिरक्षा सहयोग सुदृढ तुल्याउने उद्देश्यले वासुसेनाका १५० कर्मचारी ब्राइट स्टार-२३ मा सहभागी हुन इजिप्ट पुगेका जनाएको छ ।

ब्राइट स्टार संयुक्त सैन्य अभ्यासमा अमेरिका, साउदी अरब, ग्रीस र कतारका वायुसेनाका अधिकारीले पनि भाग लिएका रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?