नबिलको विशेष तीज अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नजिकिँदै गरेको नारीको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले महिला ग्राहकका लागि विशेष तीज अफर ल्याएको छ । अफरअन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोलेबापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

साथै पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क हुनेछ । सीमित अवधिलाई ल्याइएको अफरअन्तर्गत नारी ग्राहकवर्गले असोज १५ गतेसम्ममा नबिल प्रिमियम नारी बचत खाता खोली माथि उल्लेखित सुविधा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?