बंगुरपालक किसानलाई पुनःस्थापना गरिने

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । अमेरिकन स्वाइन फिवरका कारण बागलुङमा गत जेठमा ४०० बंगुर मरे । धमाधम बंगुर मरेपछि बागलुङ बजार आसपासको क्षेत्रका बंगुरका खोरहरु अहिले रित्ता छन् । महामारीका कारण ठूलो क्षति व्यहोरेका कारण बंगुरपालन व्यवसायबाट किसान विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले बंगुरपालक किसानलाई पुनःस्थापन गर्ने भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा ५४ बंगुरपालक किसानले पालेको ४०० बंगुर मरेपछि दुई करोड भन्दा बढीको क्षति व्यहोरेका थिए । क्षति व्यहोरेका किसानहरुलाई पुन बंगुरपालन व्यवसायमा फर्काउनका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले चालु आर्थिक वर्षमा रु. १६ लाख बजेट विनियोजन गरेको छ ।

विनियोजित बजेटले खाली रहेको बंगुरका खोरमा पुन बंगुर पाल्नका लागि बंगुरका पाठा प्रदान गर्ने र बंगुरपालन व्यवसायमै किसानलाई फर्काउने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका बरिष्ठ पशु चिकित्सक डा. ऋषिराम शर्माले जानकारी दिनुभयो । विज्ञ केन्द्रको तथ्याङ्क अनुसार भने ल्याव परिक्षणमा अमेरिकन स्वाइन फिवर फेला परेको पाँच किसानको १२२ बंगुर मरेको देखिन्छ । केन्द्रले उक्त रोगबाट ४०० बंगुर मरे पनि १२२ बंगुरको मात्रै ल्याव परिक्षण गरिएको जनाएको छ ।

“जेठमा महामारीको रुपमा अमेरिकन स्वाइन फिवर फैलियो, बागलुङ बजार क्षेत्रमा धेरै बंगुरपालन किसान छन्, उनिहरुको खोर रित्तै हुने गरी बंगुर मरे, बंगुरपालक किसानले करोडौको क्षति व्यहोर्नु पर्‍‍यो, सबै क्षतिको राहत दिन त सकिदैन, कम्तिमा पुन बंगुर पालनमा फर्काउनका लागि बंगुरका पाठा दिने कार्यक्रम छ” पशु चिकित्सक सापकोटाले भन्नुभयो “बंगुरपालन किसानहरु पलायन हुन सक्ने भन्दै उहाँहरुलाई पुनस्थापनका लागि बंगुरमै बजेट व्यवस्थापन गरेका हौं, अहिले पशुको अधिकांश बजेट भौतिक संरचना भन्दा पशुमै बढी केन्द्रित छौं, अहिले बंगुरका पूर्वाधारहरु खाली छ, त्यही पूर्वाधारमा बंगुरका पाठा हुर्काउन सके किसानहरु पुन व्यवसायमा पुनस्थापित हुने थिए भन्ने हो ।”

बंगुरपालक किसान गणेशबहादुर पुनले अमेरिकन स्वाइन फिवरका कारण यहाँका किसानहरुले ठूलो क्षति व्यहोरेको बताउनुभयो । उहाँले उक्त संक्रमण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा मात्रै देखिएको बताउदै पुन बंगुरपालनमै फर्काउनका लागि केन्द्रले ल्याएको नितीप्रति आभारी रहेको जानकारी दिनुभयो । “किसानको क्षतिमा स्थानीय सरकार र विज्ञ केन्द्रलाई पटक-पटक ध्यानाकर्षण गरेका थियौ” बंगुरपालक किसान पुनले भन्नुभयो “राहत र अनुदानका लागि आश्वासन समेत आएको छ, विज्ञ केन्द्रले १६ लाख बजेट व्यवस्थापन गरेको भन्ने जानकारी पाइयो ।”

बंगुरपालिएको क्षेत्रलाई संक्रमण मुक्त बनाएर बंगुरका पाठा वितरण गर्ने विज्ञ केन्द्रको तयारी छ । बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिभर’का कारण यहाँका बंगुर पालक किसान निरास भएका थिए । बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको सङ्ख्यामा बंगुर पाल्दै आएको विज्ञ केन्द्रको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले दूध, मासु र अण्डाको उत्पादन बढाउनका लागि रु. चार करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा लम्पि स्किन रोगका कारण दूधको उत्पादनमा गिरावट र अमेरिकन स्वाइन फिवरका कारण बंगुरको मासुको उत्पादनमा भारी गिरावट आएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले चालु आर्थिक वर्षमा बाँझो जग्गामा घासखेति गर्न रु. १८ लाख, दूधको उत्पादनमा प्रोत्साहन गर्न रु. २४ लाख, कृतिम गर्भाधान गर्न रु. २५ लाख, खसीबोकाको मासुको उत्पादनका आधारमा अनुदान दिन रु. २० लाख बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?