दार्जिलिङलाई हराउँदै झापा सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

ताप्लेजुङ । युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई एक-शून्यले पराजित गर्दै झापाको रेडस्टार फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाका लागि खेलको ११औँ मिनेटमा जर्सी नम्बर ९९ का खेलाडी ग्लोरीले गरेको गोल नै निर्णायक बन्यो । खेलको सुरुवाती समयदेखि नै उत्साहजनक बनेको झापाले मंगलबार हुने सेमिफाइनलको दोस्रो तथा अन्तिम खेलमा रेड हर्ष फुटबल क्लब इलामसँग प्रतिस्पर्धा गर्नेछ । रेड हर्षले गोर्खा स्पोर्टिङ क्लब झापालाई दुई-शून्य गोलले पराजित गरेको थियो ।

आइतबार पहिलो चरणका खेल सकिएका छन् । प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम मानाभरा स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा पाँच-चार गोल अन्तरले पराजित गरेको जुट विकास फुटबल एकेडेमी इटहरी र शनिबार सेमिफाइनलमा पुगेको पथरी ११ मोरङबीच सेमिफाइनलको पहिलो खेलमा सोमबार दिउँसो २ बजेपछि प्रतिस्पर्धा भएको छ । मोरङले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई दुई-शून्य गोलले पराजित गरेको थियो ।

दार्जिलिङसहित यो पटक आठ टिम सहभागी प्रतियोगिता भदौ २० गते सम्पन्न हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?