जगदम्बाद्वारा प्राइम बिलेट उत्पादन सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्रालिले अत्याधुनिक एलआरएफ (लाड्ले रिफिनिङ फर्नेस) प्रविधिमार्फत् नेपालमै पहिलोपटक प्राइम बिलेट उत्पादनमा ल्याएको छ । भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक जगदम्बा इन्टरप्राइजेज प्रालिले उत्पादनमा ल्याएको हो ।

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा एफइ ५०० डी गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ । उक्त डण्डी भूकम्प प्रतिरोधात्मक हुन्छ । यस्तो डण्डी केवल प्राइम बिलेटबाट मात्र बन्छ । वीरगञ्ज-पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बा इन्टरप्राइजेज प्रालिले जिआई पाइप, ब्ल्याक पाइप, हाइमाष्ट पोल, फेब्रिकेशन तथा अन्य विभिन्न किसिमका फलामजन्य वस्तु उत्पादन गर्दै आएको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण प्राप्त उद्योग नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक र नेपालको अग्रणी फलामजन्य उद्योगका रूपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?