हिन्दुराष्ट्र, स्वराज्य र धार्मिक स्वतन्त्रता

केशवप्रसाद चौलागाई
Read Time = 16 mins

भारतीय युवा गुरु धीरेन्द्र शास्त्रीजीको नेपाल आगमनसँगै हिन्दुराष्ट्र र धार्मिक स्वतन्त्रताको विषय चर्चामा रहेको छ । बागेश्वरधामबाट प्रसिद्धि बटुलिइरहेका हनुमानका भक्त धीरेन्द्र शास्त्रीले भारतलाई पनि हिन्दुराष्ट्र बनाउने उद्योष गरेका हुनाले विश्वभरका हिन्दुहरूका माझ लोकप्रिय बन्दै गइरहेका छन् । सेक्युलर राष्ट्रका रूपमा रहेको भारतलाई हिन्दुराष्ट्र बनाइ छाडने उनको अभियान अब नेपाललाई पनि धर्मनिरपेक्ष राष्ट्रको स्थानमा हिन्दुराष्ट्र बनाउने कुराले धार्मिक स्वतन्त्रतालाई निस्तेज त पार्दैन ? केही अन्य धर्मावलम्बीले गर्ने प्रश्न हुन् । धर्म निरपेक्षता, धर्म सापेक्षता र धार्मिक स्वतन्त्रतालाई परिभाषित गर्ने तथ्यलाई विश्लेषण गर्दै निर्णयमा पुग्नु मनासिव हुनेछ ।

हिन्दुराष्ट्रको रूपमा सवैंधानिक तथा ऐतिहासिक हिसाबले मान्यता पाइरहेको नेपाललाई ‘धर्म निरपेक्ष’ घोषणा गरेपश्चात यस विषयमा धेरै बहस हुनु स्वभाविकै हो । हिमालहरूद्वारा आच्छादित, विश्वका सम्पूर्ण हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ, विश्वका हिन्दुहरूको पुजनीय शालग्राम प्राप्त हुने गण्डकी तथा मुक्तिनाथ, माता जानकी, गुरु गोरखनाथ, सुदूरपश्मिका बडिमालिका, मष्टो देवताहरूद्वारा रक्षित नेपाल आध्यात्मिक परिवेशका कारण हिन्दुराष्ट्रको रूपमा स्वभावैले पुजनीय रहेको देखिन्छ सबै धर्मावलम्बी र संस्कृतिप्रति सम्मान भाव राख्द-राख्दै धर्म निरपेक्ष घोषणा गरिइनु उचित नभएको आमबुझाइ छ । धर्म निरपेक्ष र हाम्रो बुझाइ : धर्म निरपेक्ष घोषणामार्फत धर्मलाई राज्यबाट अलग राख्ने वा धार्मिक स्वतन्त्रताको ग्यारेन्टी गर्ने सिद्धान्तको रूपमा बुझाउन खोजिएको प्रसंगले असी प्रतिशत भन्दा बढिरहेको हिन्दु जगतलाई चित्त बुझाउन सकेको देखिँदैन ।

धार्मिक सहिष्णुता रहेको मुलुकमा धर्म र राज्यलाई छुट्टाउन किन आवश्यक पर्‍यो ? जवाफ कसैसँग छैन । धार्मिक स्वतन्त्रताकै कुरा गर्दा विश्वका धेरै देशको संविधानमा उल्लेख गरेको पाइन्छ, न कि धर्मनिरपेक्ष । प्रचलनमा ल्याइएको सेक्युललाई धर्म निरपेक्ष अनुवाद गर्नु मूर्खतापूर्ण कार्य हो ।

धार्मिक सहिष्णुता रहेको मुलुकमा धर्म र राज्यलाई छुट्टाउन किन आवश्यक पर्‍यो ? जवाफ कसैसँग पनि छैन । धार्मिक स्वतन्त्रताकै कुरा गर्दा पनि विश्वका धेरै देशको संविधानमा उल्लेख गरेको पाइन्छ, न कि धर्मनिरपेक्ष । राज्य र धर्मलाई तटस्थ राख्ने प्रयास स्वरूप प्रचलनमा ल्याइएको सेक्युललाई धर्म निरपेक्ष अनुवाद गर्नु मूर्खतापूर्ण कार्य हो । भारतमा अंग्रेजीमा लेखी हिन्दीमा ‘पन्थ निरपेक्ष’ लेिखएकाले नेपालको संविधानमा धर्म निरपेक्ष लेखिइनु नसुहाउने देखिन्छ । राज्यको कुनै धर्म हुँदैन भन्दै धर्मनिरपेक्ष घोषणालाई विश्लेषण गर्दा धेरै इस्लामिक राष्ट्र, क्रिश्चियन राष्ट्र, बुद्धिष्ट राष्ट्र अस्तित्वमा रहेको कुराले पुष्टि गर्न सक्दैन ।

नर्वेको संविधानमा उल्लेखित यस प्रावधानले राज्यको धर्म हुन्छ भनाइलाई नै प्रमाणित गर्दछ । अर्थात् इभान्जिलिकल क्रिश्चियन धर्म राज्यको धर्म रहेनछ भनिएकोबाट पनि राज्यको धर्म हुँदो रहेछ भन्ने प्रमाणित हुन्छ । दश वर्षे रक्तपातपूर्ण द्वन्द्वबाट भर्खरै नयाँ संविधान निर्माण गरी शान्तिपूर्ण तरिकाले अघि बढिरहेका बेला धार्मिक-जातीय द्वन्द्वमा फस्न पुग्ने अवस्था निश्चय दुःखद् हुनेछ । द्वन्द्व विश्लेषणका हिसाबले अहिले पनि विभिन्न ६ प्रकारको हिंसाको सम्भावना रहेको छ ।

(१) धर्म निरपेक्षता विरुद्ध हिन्दुराष्ट्र समर्थकहरूको आन्दोलन र हिंसा । (२) एक मधेस प्रदेश तथा मधेस स्वराज्यका लागि हुनसक्ने आन्दोलन र हिंसा । (३) आत्मनिर्णयको अधिकारसहित किरात, लिम्बुवान, खुम्बुवानका लागि हुनसक्ने आन्दोलन र हिंसा । (४) भारत र चीनबीच आफ्नो प्रभाव बनाउन हुनसक्ने प्रयास र हिंसा (५) तिब्बतको स्वतन्त्रताका लागि पश्चिमा शक्तिराष्ट्रबाट हुनसक्ने गतिविधि र हिंसा (६) धर्म परिवर्तन तथा बाहृय हस्तक्षेपको विरुद्ध हुनसक्ने आन्दोलन र हिंसा ।

उपरोक्त सबै द्वन्द्वका लक्षण देखापरिरहेको वर्तमान अवस्थालाई निम्न घटनाले पुष्टि गरिरहेका छन् । (क) भारतीय युवा धीरेन्द्र शास्त्रीको नेपाल आगमन र हिन्दुराष्ट्रको चर्चा । (ख) धरानस्थित कृष्ण मन्दिरकै सामुन्ने चर्च निर्माण गरी द्वन्द्व र्चकाउने प्रयास । (ग) धरानमै किरात समुदायले गोरुको मासु खाएर प्रचार गर्ने जातीय द्वन्द्वका लागि उकास्ने कार्य । (घ) मिलिनियम च्यालेन्ज कपेरेसन र वेल्ट एण्ड रोड इनिसिर्याटभका बीच आपसी प्रतिस्पर्धा आदि । विभिन्न सम्भावित द्वन्द्वहरूलाई समाधान गर्दै सबैले मान्य हुने सिद्धान्तका रूपमा स्वराज्य र मेलमिलापलाई प्रस्तुत गरिएकाले दिगो शान्ति र समृद्धि सम्भव हुने देखिन्छ ।

स्वराज्य र मेलमिलापः भावी नेपालको आधार । ‘आ यद् वामीयचक्षसा मित्रवयं च सुरयः । व्यचिष्ठे बहुपाथ्ये यतेमही स्वराज्ये ।।’ अर्थात् विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइमा लागि रहौं भन्ने ऋगवेदको भनाइले प्रजातन्त्र, राष्ट्रियता र समावेशीतालाई सम्बोधन गर्दछ । सबै विचार, धर्म र संस्कृतिका जनताले अपनत्व अनुभव गर्ने स्वराज्यका कारण कसैले पनि अपमानित वा उपेक्षित हुनु पर्दैन । ‘यज्ञेन द्विषन्तो मित्रा भवन्ति’ अर्थात् यज्ञद्वारा शत्रु पनि मित्र बन्दछन भन्ने नारायण उपनिषद्को वचननुरूप मेलमिलापको वातावरण बन्न गई सहकार्य र सहयोगको प्रारम्भ हुनेछ ।

संविधानमा धार्मिक स्वतन्त्रताको हकबारे उल्लेख गर्दैै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने कुरा प्रत्याभूत गरिएकोबाट सनातन धर्म संस्कृतिको ‘अवलम्बन, अभ्यास र संरक्षण’ गर्ने कार्यलाई पनि धार्मिक स्वतन्त्रताकै एक पक्षको रूपमा लिन सकिनेछ । 

पौराणिक र आधुनिक शासन व्यावस्थाको ज्ञानद्वारा द्वन्द्वको भावना उत्पन्नै हुन नदिने हुँदा शान्तिका अनुभूति भइरहने छ । अल्पसंख्य र बहुसंख्यक भन्ने भावनानै उत्पन्न नहुने हुँदा छुट्टै धार्मिक स्वतन्त्रताको कुरा औचित्यहीन बन्नेछ । निम्न कार्यक्रमका कारण स्वराज्य र मेलमिलाप स्थानीय सरकारको मार्गचित्र बन्नेछ ।

(१) स्थानीय सरकार : संवैधानिक व्यवस्था र लोकतान्त्रिक अवधारण । (२) न्यायिक समिति र स्थानीय सरकारः मेलमिलापको मार्ग चित्र । (३) स्थानीय तहः कार्यसम्पादन तथा सुशासन । (४) जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका । (५) द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका । (६) सम्पदा र शान्ति (७) संस्कृति, स्वराज्य र समाजबाट (८) शान्ति, न्याय र मिलापका लागि अन्तर्सांस्कृतिक सहिष्णुता । नागरिक अभियानका रूपमा स्वराज्य र मेलमिलापको सिद्धान्तले कार्य गर्ने हुँदा सबै प्रकारको द्वन्द्वलाई समय अगावै समाधान गर्न सक्षम हुनेछ ।

महात्मा गान्धीका विचारहरू पनि स्वराज्य-मेलमिलाप अभियानका लागि उपयुक्त छन् । ‘स्वराज्य थोरै मानिसले सत्ता प्राप्त गर्नु होइन । बरु सत्तामा बस्नेहरूले सत्ता दुरूपयोग गरे भने सारा जनताले त्यसको प्रतिकार गर्ने क्षमता राख्नु पर्दछ । सत्ता कब्जा गर्ने र नियन्त्रण गर्ने क्षमता छ भन्ने ज्ञान जनतामा जगाएर स्वराज्य प्राप्त गर्न सकिन्छ ।’ नागरिक अभियानद्वारा स्वराज्य प्राप्ति गर्ने विचारकै कारण ब्रिटिश उपनिवेशबाट भारतलाई स्वतन्त्र बनाउन सकिए झैँ नेपालमा पनि सुशासन, शान्ति र समृद्धिप्राप्ति गर्न सकिन्छ ।

स्वराज्यको रक्षा त्यहाँमात्र हुन सक्छ जहाँ देशको भलाइ मात्र महत्व दिइन्छ । व्यक्तिगत लाभ या अन्य चिजमाथि महत्व दिँदैन । स्वराज्यको अर्थ देशका बहुसंख्यक जनताको शासन हो जहाँको बहुसंख्यक जनता नीति भ्रष्ट हुन्छन् या स्वार्थी हुन्छन् त्यहीँ अराजकताको स्थिति उत्पन्न हुन्छ’ भन्ने गान्धीजीको भनाइ आजको हाम्रो अराजक स्थितिलाई बुझाउने देखिन्छ । स्वराज्यले सवैलाई भलो गर्ने छ भन्ने महात्मा गान्धीको यस भनाइप्रति सबै निश्चिन्त हुन सकिन्छ ।

मेरो-हाम्रो सपनाको स्वराज्यमा जातीय धर्मका आधारमा भेदभाव गरिइने छैन, न त त्यहाँ शिक्षित, धनवानका लागि एकाधिपत्य नै हुनेछ । त्यो स्वराज्य सबैका लागि सबैको कल्याणका लागि हुनेछ । सबैको गणनामा किससहरू त आउने नै छन । लुला लंगडा, अन्धा र भोक भोकै मर्ने लाखौं करोडौं मजदुरसमेत आउनेछन् । एवं प्रकार स्वराज्य र मेलमिलापको मार्ग चित्रबाट सबैको कल्याण हुने हुँदा आपसी द्वेष र द्वन्द्व बढाउने कुरा समाप्त भएर जानेछ ।

अर्वोच्च अदालत र धार्मिक स्वतन्त्रताः सर्वोच्च अदालतबाट २०७७ चैत ८ गते भएको आदेशबाट धर्म निरपेक्ष र धार्मिक स्वतन्त्रताको विषयमा स्पष्ट हुन सकिनेहुँदा उल्लेख गर्नु उचित हुन्छ । ‘धर्म निरपेक्षताको अर्थ राज्यले धार्मिक विषयमा आँखा चिम्लिनुपर्छ भन्ने होइन धर्म संस्कृति, धार्मिक आस्था सनातनदेखि चलिआएको मान्यताको रक्षा गर्नु र धर्मको नाममा कुनै थिचो मिचो, उपेक्षा, बहिष्करण र धमान्तरण गर्न नदिनु भन्ने नै हुन्छ ।

संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकबारे उल्लेख गर्दैै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने कुरा प्रत्याभूत गरिएकोबाट सनातन धर्म संस्कृतिको ‘अवलम्बन, अभ्यास र संरक्षण’ गर्ने कार्यलाई पनि धार्मिक स्वतन्त्रताकै एक पक्षको रूपमा लिन सकिनेछ । आदेश नं. १०६२३ अनुरूप गरिएको उपरोक्त व्याख्या र व्यवस्थाले धर्म परिवर्तनलाई निषेध, थिचो मिचो निषेध र संरक्षणलाई महत्व दिएकाले त्यस्ता गतिविधिलाई दण्डनीय बनाएको छ । धर्मान्तरणलाई धार्मिक स्वतन्त्रताको रूपमा बुझाउन खोज्ने विदेशी प्रयासलाई सर्वोच्च अदालतको निर्णयले गलत सावित गरिदिएको छ ।
भारतको सर्वोच्च अदालतले सन् १९७७ मै धर्म परिवर्तनलाई कानुनी मान्यता दिन मिल्दैन भन्ने निर्णय गरिसकेकाले नेपालको सर्वोच्च अदालतको निर्णय सबैको मान्य देखिन्छ । धर्मजस्तो सवेदनशील विषयमा सांसद, बुद्धिजीवी, जनताले बृहत् बहस गर्दै धार्मिक द्वन्द्व हुनबाट बचाऔं । स्वराज्य र मेलमिलापको मार्गचित्रबाट अघि बढ्दै शान्ति र समृद्धि प्राप्त गरौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?