सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–७, मा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

माछापालन गरिरहेको आफ्नै पोखरीमा पानी पठाउन जानुभएका ईश्वरपुर नगरपालिका–३, का ४० वर्षीय कौशलकिशोर चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

आज बिहान ६ः३० बजेतिर पानी तान्ने मोटर चलाएर पानी पठाउन खोज्दा करेन्ट लागेर अचेत हुनुभएका चौधरीलाई उपचारका लागि बयलवासस्थित अमृत हेल्थ केयरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाको कानुनि प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?