काठमाडौं । सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जित्नुभएको छ । गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्रबहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।
यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडीसमेत बन्नुभएको छ । १३ औं सागका दुई स्वर्ण विजेता सुवासले यसअघि २०१९ मा सूर्य नेपाल च्यालेन्ज र अप्रिलमा सूर्य नेपाल वेस्टरन ओपन जित्नु भएको थियो ।
अन्तिम दिन ४ अन्डर ६८ अंक जोडनुभएका सुवासले कुल १९ अन्डर २६९ अंक जोड्नुभयो । शुक्र र भुवनले कुल १२ अन्डर २७८ अंक जोड्नु भएको थियो । व्यावसायिक खेलाडीतर्फ संयुक्त पहिलो बन्नुभएका शुक्र र भुवनले समान एक लाख ११ हजार ५०० प्राप्त गर्नुभयो । एमेच्योर खेलाडी हुनुभएकाले सुवासले नगद पुरस्कार भने प्राप्त गर्न सक्नु भएन ।
रवि खड्का ६ अन्डर २८२ अंकसहित समग्रमा चौंथो तथा व्यावसायिकतर्फ तेस्रो बन्नुभयो । उहाँले ६५ हजार प्राप्त गर्नुभयो । निरज तामाङले कुल ६ अन्डर २८४ अंकसहित चौंथो बन्दै ५३ हजार ५०० नगद प्राप्त गर्नुभयो । धनबहादुर थापाले ३ अन्डर २८५ अंकसहित पाँचौं बन्दै नगद ४५ हजार प्राप्त गर्नुभयो । नेपाल गल्फर एसोसियनले आयोजना गरेको प्रतियोगितामा ३१ प्रोफेसनल र १३ एमेच्योर गल्फरको सहभागिता थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच