हुम्लामा २८ सय मतले एमालेका रावल भन्दा माओवादीका लामा अगाडि

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । प्रतिनिधिसभा सदस्य उम्मेदवार कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नेकपा एमाले हुम्लाका दल रावल भन्दा वाम(लोकतान्त्रिक गठबन्धन नेकपा माओवादी केन्द्र हुम्लाका छिरिङ दम्लादुल लामा (कार्चे) २८९७ मतले अगाडि हुनु हुन्छ ।

एमालेका रावलले अहिलेसम्म ७ हजार ६६ मत प्राप्त गर्नुभएको छ भने वाम-लोकतान्त्रिकका लामाले ९ हजार ९ सय ६३ मत प्राप्त गर्नुभएको हो । रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तेज बहादुर रावतले ३१९ मत ल्याउनुभएको हो । यस्तै ३९९ मत बदर भएको हो ।

हालसम्म हुम्लामा १७ हजार सात सय ४७ मत गणना भएको छ । प्रतिनिधिसभा सदस्यका लागि अब सिमकोट र नाम्खा गाउँपालिकाको मतगणना हुन बाँकी छ । हुम्लाको ताँजकोट,अदानचुली,चंखेली सर्केगाड र खार्पुनाथ गाउँपालिका गरि पाँचवटा पालिकाको मतगणना कार्य सम्पन्न हुँदा लामाले आफ्नो मत बढाउदै जानुभएको छ ।

यस्तै प्रदेशसभा 'ख' मा वाम-लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार जीवन बहादुर शाहीले पनि एमालेका उम्मेदवार छक्क बहादुर लामा भन्दा दोब्बर भन्दा बढी मतले आफ्नो मतान्तर बढाउदै जानुभएको छ । कांग्रेसका शाहीले अहिलेसम्म ७ हजार सात सय ७९ प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिषद्वन्द्वी एमालेका उम्मेदवार छक्क बहादुर लामाले एक हजार पाँच सय १४ मत प्राप्त गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?