प्रधानमन्त्री दाहालले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्छः वामदेव गौतम

'एमाले र एकीकृत समाजवादीमा जानसक्छु, तर माओवादीमा जान्न'

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताउनुभएको हो । उहाँले जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै उहाँले प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पार्नुभयो । राजनीतिक व्यक्तिको हत्या गर्नु माक्र्सवाद नभइ गल्ती भएको उहाँको जिकिर छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गर्नुभयो । उहाँले उमेर हद संविधानको धारा २४ को बिरुद्धमा रहेकोले हट्नैपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपालको सबै कम्युनिष्टहरु एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु । म माओवादी केन्द्रमा जान सक्दिन । किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन । संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौँ । नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन । उमेर हद भनेको यो संविधानको धारा २४ को बिरुद्धमा छ । त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ । उमेर हद नेपालको संविधान बिरोधी छ, त्यो हट्नैपर्छ ।’

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गर्नुभयो । पार्टीको केन्द्रिय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरैकुरा शकाको घेरामा आएको निस्कर्ष निकालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?