मानव बेचविखन विरुद्ध सचेत बन्न आग्रह

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । मानव बेचबिखन र ओसारपसारबिरुद्ध सवै सरोकारवाला निकाय सचेत हुने पर्ने भोजपुरमा बुधवार आयोजित कार्यक्रमका सहभागिले बताउनु भएको छ ।

“मानव अधिकारको सम्मान गरौं, मानव बेचबिखन तथा ओसारपसार अन्त्य गरौं” भन्ने नाराका साथ १७ औ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको सन्देशमुलक प्रभातफेरी सहितको कार्यक्रमका सहभागिले मानव बेचबिखन तथा ओसारपसार मानव अधिकारको उल्लंघनका साथै कानुनी अपराध समेत भएकाले यसको नियन्त्रणका लागि सवै पक्ष सुरक्षित समाज निर्माणमा जुटन आवश्यक रहेको धारणा राख्नु भएको हो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रंसाद घिमिरेले मानव अधिकारको सम्मान सहित मानव बेचबिखन तथा ओसारपासारका कार्य अन्तय गर्न सवैले प्रभावकारी भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । प्रजिअ घिमिरेले मानव बेचबिखन तथा ओसारपसार कानुनी हिसावमा पनि अपराध भएकाले त्यस्ता कार्यमा संलग्नहरुको पहिचान गरी कानुनी दायरामा ल्याउनु पर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले घरेलु तथा लैगिक हिंसा, निम्न आर्थिक अवस्था, शिक्षाको कमी, बेरोजगारी जस्ता कारणले बेचबिखन तथा ओसार पसारका घटनाहरु बढी हुने गरेकाले यस तर्फ पनि सचेत रहन सहभागिहरुलाई आग्रह गर्नु भयो ।

बिभिन्न नारा सहित जिरो प्वाइन्ट गेटबाट सुरु भएको प्रभातफेरी च्याङवेनी चोक हुँदै चार भञ्ज्याङमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सुरक्षाकर्मी, सदरमुकाम आसपासका निजी तथा सामुदायिक बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, उद्योगी, कर्मचारी, स्थानीय, पत्रकार लगायत करिव ४ सयको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?