विवेकानन्द कल्चरल सेन्टर र कला संवाद

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतका प्रसिद्ध दुई लेखक, कवि अम्रिता प्रितम र साहिर लुधियानवीको स्मृतिमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय दूतावासद्वारा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । पञ्जावी पहिलो कवियत्रीका रूपमा परिचित अमृता प्रितमले लगभग एक सय जति पुस्तकहरू लेख्नु भएको छ भने उहाँको आत्मकथा ‘रसिदी टिकट’ प्रसिद्ध रहेको छ । भारतको ज्ञानपिढ पुरस्कार, साहित्य एकादमी पुरस्कारका सार्थ पद्म विभूषणद्वारा सम्मानित उहाँको स्मरण उहाँकै रचनाहरूद्वारा गरिएको थियो ।

भारतीय चलचित्रमा कालजयी गीतहरू लेखेर प्रसिद्धि बनाउनुभएका साहिर लुधियानवीका गीतहरू नेपाली संगीतकार तथा गायक राजसागरबाट गायन हुँदा उपस्थित सबै कला अनुरागीहरूमा प्रफुल्लता छाएको थियो । भारतीय गीत संगीतबाट प्रभावित नेपाली समाज आज पनि महान् लेखक र कलाकारहरूप्रति सम्मान व्यक्त गर्न पछि हट्दैनन भन्ने कुरा उपस्थित श्रोताहरूको खुशीबाट छर्लङ हुन्थ्यो । ‘कभी कभी...’ चलचित्रका गीतहरू गायनसँगै श्रोताहरूले पनि गाएको क्षण अपूर्व थियो ।

स्वामी विवेकानन्द कल्चरल सेन्टरका निर्देशक डा.आशावारी बापतद्वारा द्वीप प्रज्ज्वलन गर्दै प्रारम्भ गरिएको उक्त कार्यक्रमले निरन्तरता पओस् भन्ने कामना कार्यक्रम सञ्चालकबाट गरिएको थियो । नेपाल-भारत साझा संस्कृति, कलाहरूका माध्यमबाट दुई देशबीचको सम्बन्ध मजबुत हुने अपेक्षा गरिएको छ । कार्यक्रममा भारतीय कवि तथा अभिनेतृ अञ्चली कौल ‘अदा’को पनि उपस्थिति थियो । उहाँले अमृताका चर्चित केही कविता वाचन पनि गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?