बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी गम्भीर घाइते

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी गम्भिर घाइते भएकी छिन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ बगरेठीकी जयराम लुहारकी अन्दाजी १७ वर्षिय छोरी पुजा लुहार गम्भिर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

उनको अवस्थामा गम्भिर रहेको र उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको उहाँले बताउनुभयो । चितुवाले उनको घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

तालिगाडरोल भन्ने स्थानमा घाँस काट्न गएका बेला बिहीबार अन्दाजी मध्याह्न १२ बजेतिरको समयमा उनलाई चितुवाले आक्रमण गरेको हो । घाँस काटिरहेको स्थानबाट घास काट्न गएकी लुहारलाई चितुवा करिव पाँच सय मिटर तल घिसारेर लगेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीन बहादुर चन्दले जानकारी दिनुभयो ।

बैतडीमा गएको १० वर्षयता चितुवाको आक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?