अबको आन्दोलन धर्मसंस्कृति रक्षाका निम्ति : कुमार घिमिरे नेता, राप्रपा-काठमाडौं-३

कृष्ण भुसाल
Read Time = 12 mins

नेपालमा विस्तारै धर्म र संस्कृतिमाथि अतिक्रमण विस्तार भइरहेको छ भने अर्कातिर अत्यन्त असंयमित प्रतिरोधका प्रयासका संकेत देखिँदैछ । यस अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गौ संरक्षण’को माग गर्दै यही भदौ २७ गते प्रदर्शन गर्ने भएको छ । राजसंस्था, धर्म सापेक्षता र एकात्मक राज्य प्रणालीका पक्षमा आवाज उठाइरहेको पार्टीको सपना वर्तमान प्रणालीको अन्त्य गर्ने नै छ । हिजोका दिनमा नेपाली कांग्रेसका आन्दोलनमा समर्पितहरू, माओवादीमा सक्रिय समर्थकहरू र एमालेको मूलधारमा काम गरेकाहरूसमेत राप्रपाको हिस्सा हुन लागेका छन् । सपना मूर्त हुन्छ भन्नेमा उनीहरूको विश्वास छ । हालको वर्तमान अवस्था र राप्रपाको सेरोफेरोमा रहेर हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं-३ का नेता कुमार घिमिरेसँग कुरा गर्न गइरहेका छौं । उहाँ समाजसेवी एवं तत्कालीन नेपाली कांग्रेसका सक्रिय सदस्यसमेत हुनुहुन्थ्यो । विगत एक वर्षदेखि राप्रपामा आबद्ध भएर फरक सपनाकासाथ उहाँ आफ्नो नवीन यात्रामा तल्लीन हुनुहुन्छ । एम्नेष्टी इन्टरनेसनल नेपालको पूर्वकेन्द्रीय सदस्य, मानव अधिकार तथा शान्ति समाजको पूर्वकेन्द्रीय कोषाध्यक्ष र ०६२ को आन्दोलनमा लोकतान्त्रिक गणतन्त्रका पक्षमा सशक्त भूमिका खेल्नुभएका घिमिरे परिवर्तनले देशको मौलिकतालाई क्षयीकरण गरेको, राष्ट्रिय स्वाभिमानलाई धराशायी बनाएको, नागरिकलाई नागरिकविरुद्ध विभाजित गरेको, विकासविरोधी भ्रष्टाचारले देश आक्रान्त बनेको हुनाले विकल्प खोज्ने प्रयासस्वरूप राष्ट्रिय प्रजातन्त्र पार्टीको लक्ष्यमा आफू समाहित भएको जिकिर गर्नुहुन्छ । यिनै विविध सन्दर्भलाई लिएर राप्रपा काठमाडौं क्षेत्र नं. ३ का उपसभापति तथा संगठन विभाग प्रमुख कुमार घिमिरेसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको सम्वादको संक्षिप्त अशंः-

तपाईं त लोकतान्त्रिक आन्दोलनमा सक्रिय, मानव अधिकारका क्षेत्रमा लामो समय काम गरेको र नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । अकस्मात राष्ट्रिय प्रजातन्त्र पार्टीमा कसरी र किन पुग्नुभयो ?
मेरो सपना थियो राष्ट्रियता, लोकतन्त्र र समाजवादको लक्ष्य पूरा गर्न बीपीको विचार अनुरूप नेपाली कांग्रेसले काम गर्नेछ । सुवर्ण शमशेर, सूर्यप्रसाद, गणेशमान सिंह, कृष्णप्रसाद, महेन्द्रनारायण निधि जस्ता महामनावहरूले नेतृत्व गरेको कांग्रेस अहिले निरर्थक र असामायिक हुँदै क्रमशः स्खलित हुँदै गयो । नागरिक स्वतन्त्रताको रक्षा र स्वाभिमानको रक्षा कांग्रेसले गर्नेछ । विकासका कामहरू पारदर्शी रूपमा सम्पन्न हुनेछन् । भ्रष्टाचारमुक्त समाज निर्माण हुनेछ । व्यभिचार र हिंसाको पूर्ण अन्त्य हुनेछ । द्वन्द्वकालीन समस्याको समाधान गरी पीडितहरूले न्याय पाउनेछन् । देशको वातावरण सहज हुनेछ भन्ने चिन्तनलाई सत्तामा साट्न पुग्यो नेपाली कांग्रेसले । परिवारवाद, आफन्तवाद, विचौलियावाद र भ्रष्टाचारको संगठित रूप भयो कांग्रेस भन्ने मलाई लाग्यो । कांग्रेसका यस्ता कर्मले मेरो विश्वास भताभुंग भयो र नै मैले देश दिगो तर संवैधानिक राजसंस्था, निश्चित आधारको राज्य प्रणाली र बहुसमुदाय अर्थात् करिब ९३ प्रतिशत ओंमकार परिवारको माग र राष्ट्रको अन्तर्राष्ट्रिय परिचयको महत्वपूर्ण आधारका पक्षमा आफूलाई उभ्याए र स्थानीय निर्वाचन-२०७९ को पूर्वसन्ध्यादेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न भएँ ।

आफ्नो धर्म संस्कृतिका पक्षमा बोल्दा कसरी द्वन्द्व खडा हुन्छ । संविधानको पालना गर्दा र यसको मर्यादाका पक्षमा बोल्दा द्वन्द्व कसरी हुन्छ ? शान्तिपूर्ण रूपमा धर्म, संस्कृतिका पक्षमा बोल्न निषेध त हुनसक्दैन नि ¤ करिब पञ्चानब्बे प्रतिशत जनताको भावनाविरुद्ध आक्रामक व्यवहार गर्दा द्वन्द्वकोे कुरा नहुने तर परम्परा गत संस्कृतिका पक्षमा बोल्दा द्वन्द्व हुने भन्ने भाष्य आफैं अमिल्दो छ । हामी शान्तिपूर्ण रूपले हाम्रा विचार राख्छौं र हाम्रो मान्यताका पक्षमा आफूलाई प्रस्तुत गर्छाैं, गरिरहेका छौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अनेक चिराहरू छन् । समान उद्देश्यको भाषण चल्छ । तर, समान होइन असमान चरित्र देखिएको छ । तपाईंको विश्वास यसबाट कसरी पूरा होला ? तपाईंको धाराले गौ रक्षणका नाममा आफैं द्वन्द्व सिर्जना हुनेगरी आउँदो २७ गते प्रदर्शन गर्दैछ ? समाज विशृंखलित हुनेगरी उठाइने कदमले लक्ष्यमा पुग्न सजिलो होला र ?
नेपालमा गौ भनेको आस्थामात्रै होइन वर्तमान संविधानले रक्षा गरेको राष्ट्रिय जनावर पनि हो । गाईको वध यसैकारण आस्थामाथि प्रहार त हुँदै हो, देशको मूल कानुनको समेत उल्लंघन हो । गोवध सर्वधर्म समभावको विरुद्ध पनि हो । संविधानमा रहेको सर्वधर्म समभावको रक्षा गर्ने दायित्व सरकारको र समाजको हो । संविधान मान्ने भनेर एकातिर भाषण गर्ने अर्कातिर त्यही संविधानलाई हिंसात्मक रूपले अस्वीकार गर्ने, जातीय घृणा र द्वन्द्व सिर्जना गर्ने विरोधाभाषपूर्ण काम भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यसैकारण सरकारलाई सचेत गराउन र सही दिशातर्फ समाजको ध्यानाकर्षण गराउन २७ गतेको कार्यक्रम राखेको हो । समुदायबीच सद्भावका पक्षमा, परम्परागत संस्कृति रक्षाका पक्षमा र संविधान पालना गराउने पक्षमा प्रदर्शन गर्नु त कानुन र नियम संगत हुन्छ ।
रहृयो राष्ट्रिय प्रजातन्त्र पार्टीमा अनेक धारा छन् भन्ने । युवाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा छु । राजेन्द्र लिङ्देन केन्द्रीय अध्यक्ष हुनुहुन्छ । आदिवासी जनजाति समुदायको भएर पनि उहाँले जुनरूपमा धर्म, संस्कृतिको कुरा गर्नु गर्नुभएको छ, संवैधानिक राजसंस्थाको विषयलाई प्रस्तुत गर्नुभएको छ र नेपालको वस्तुगत यथार्थका आधारमा राज्यको स्वरूपको परिकल्पना गर्नुभएको छ अरूबाट हुनसकेको छैन । कल्पना गरिए पनि जीवनमा उतार्ने, तदनुरूप जनमत सिर्जना गर्ने र सक्रियता देखाउने सामथ्र्य कम देखियो अरू धाराको । राष्ट्रिय प्रजातन्त्र पार्टीको मूलधार त्यसैकारण लिंगदेनकै नेतृत्वमा चलिरहेको छ ।

गौ संरक्षणको मुद्दामा हुन लागेको प्रदर्शनले ओमकार परिवारबाहेक अरू समुदायका मानिसलाई अनावश्यक द्वन्द्व गर्ने थप आधार प्रदान गर्दैन भन्ने के छ ?
आफ्नो धर्म संस्कृतिका पक्षमा बोल्दा कसरी द्वन्द्व खडा हुन्छ । संविधानको पालना गर्दा र यसको मर्यादाका पक्षमा बोल्दा द्वन्द्व कसरी हुन्छ ? शान्तिपूर्ण रूपमा धर्म, संस्कृतिका पक्षमा बोल्न निषेध त हुनसक्दैन नि ! करिब पञ्चानब्बे प्रतिशत जनताको भावनाविरुद्ध आक्रामक व्यवहार गर्दा द्वन्द्वकोे कुरा नहुने तर परम्परा गत संस्कृतिका पक्षमा बोल्दा द्वन्द्व हुने भन्ने भाष्य आफैं अमिल्दो छ । हामी शान्तिपूर्ण रूपले हाम्रा विचार राख्छौं र हाम्रो मान्यताका पक्षमा आफूलाई प्रस्तुत गर्छाैं, गरिरहेका छौं ।

त्यसो भए कस्तो तयारी छ त ? तपाईं त काठमाडौं क्षेत्र नं ३ को संगठन विभाग प्रमुख पनि हो, उपसभापति पनि ?
हामीले कार्यक्रमलाई शान्तिपूर्ण र भव्य बनाउन पार्टीका सम्पूर्ण साथीहरूसम्म जानकारी पुर्‍याउँदै छौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका साथी र शुभेच्छुक सदस्यहरूबाहेक अन्य जुनसुकै दलमा आबद्ध भए पनि सनातन हिन्दु राष्ट्रका पक्षमा रहनुभएका आमनागरिकको समर्थन हामीले पाउने छौं भन्ने हाम्रो विश्वास छ । तदनुरूप कार्यक्रमलाई सफल बनाउने छौं । पवित्र कार्यमा सहयोग गर्न म सबैसँग हार्दिक अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?