ओखलढुंगामा कांग्रेसको वडा सम्मेलन तथा पार्टी शुद्धीकरण अभियान

हिमालय टाइम्स
Read Time = 5 mins

-राजकुमार कार्की
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले ‘वडा सम्मेलन तथा पार्टी शुद्धीकरण अभियान’ भदौ २०/३० शुरु गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सर्कुलेशन र जिल्ला कार्यसमिति ओखलढुंगाको निर्णयअनुसार अभियान शुरु गरिएको हो ।

नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति तेजेन्द्र खनालले मोलुङ गाउँपालिकाको वडा नं १ स्थित कुन्तादेवीबाट शुभाराम्भ गर्नुभयो । जिल्लाका आठैवटा स्थानिय तहका ७५ वटै वडामा अभियान सन्चालन गरिएको छ । जिल्लाका पदाधिकारीहरुलाई पालिकास्तरिय संयोजक बनाई प्रत्येक वडाबाट अभियान सन्चालन गरिएकोे पार्टी सचिव अजय लुइटेलले जानकारी दिनुभयो ।

स्थानिय तहका जनप्रतिनिधी र पार्टीका नेता तथा कार्यकर्ता बिच सुमधुर सम्बन्ध बिस्तार गरी दिगो र प्रभावकारी विकास गर्नको लागी अभियान सन्चालन गरिएको पार्टी सभापति तेजेन्द्र खनालले बताउनु भयो । जिल्ला कार्यसमितिले विभिन्न प्रश्नहरु राखी फर्मको विकास गरेर प्रत्येक वडामा पठाईएको छ । उक्त फर्म कृयाशिल सदस्य तथा कार्यकर्ताहरु सँग छलफल गरी भरेर प्रतिबेदनको रुपमा जिल्ला कार्यसमितिमा पेश गर्नुपर्नेछ । सबै वडाबाट आएका प्रतिवेदन माथी जिल्ला कार्यसमितिले अध्ययन तथा छलफल गरी नयाँ योजना बनाउन कांग्रेसले बताएको छ ।

वडामा भएका वडा समिति र कृयाशिल सदस्यहरुसँग छलफल गर्नुका साथै पाका पुराना नेताहरुसँग भेटघाट, छलफल गरी कांग्रेसलाई बलियो दर्बिलो बनाउन अभियानको शुरुवात गरिएको बताएका छन् । वडामा भएका समितिले वडा कांग्रेस र जनप्रतिनिधीहरुको सम्बन्ध, गतिविधीहरु, उनीहरुका समस्या, सबल पक्ष र दुर्बल पक्षको समग्रको प्रतिबेदन बनाई जिल्ला कार्यसमितिमा पेश गर्नु पर्नेछ । नेपाली कांग्रेससँग सम्बन्धित भातृ संगठन नेपाल विद्यार्थी संघ, तरुणदल लगायतका भातृ तथा भगीनी संस्थाहरुको सम्मेलन र गठन पनि गरिने बताएका छन् ।

जनप्रतिनिधीहरुले जनआकांक्षा अनुसारका गतिविधीहरु सन्चालन गरेको वा नगरेको विषयमा पनि छलफल भईरहेको बताएका छन् । जनआकांक्षा अनुसारका विकास निर्माण नभएका ठाउँमा जनआकांक्षा अनुसारको विकास र जनजिवीका सँग जोडिएका विषयलाई महत्व दिई विकास गर्न सल्लाह सुझाव र निर्देशन दिने बताएका छन् ।

गाउँ सेवा दल गठन

अभियान सँगसँगै प्रत्येक वडामा ‘गाउँ सेवा दल’ पनि गठन गरिएको छ । स्थानिय तहमा भएका युवायुवतीलाई समेटेर गाउँ सेवा दल गठन गरिने बताएका छन् । गाउँ सेवा दलले स्थानिय स्तरमा आईपर्ने साना तथा ठुलठुला विपत्तिमा सहयोग गर्ने, पार्टीका नेताहरुलाई जानकारी दिने जस्ता कार्यहरु गर्नेछन् ।

प्राकृतिक विपत्ती वा दैवि बिपत्तिमा परेका नागरिकलाई उद्धार गर्ने, आर्थीक, भौतिक सहयोग गर्नका लागी गाउँ सेवा दलको गठन गरिएको जिल्ला पार्टी सचिव राजकुमार ढुंगानाले जानकारी दिनुभयो । आर्थीक अभावका कारण उपचार गर्न नसकिरहेका नागरिकलाई आर्थिक ब्यवस्थापनमा सहयोग गर्ने, सामाजिक विभेदीकरणमा परेका नागरिकहरुलाई सहयोग गर्ने गराउने उदेश्यका साथ ‘गाउँ सेवा दल’ को गठन गरिएको ओखलढुंगा कांग्रेसले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?