काठमाडौं । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ।
कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँ आजै साँझ पद तथा गोपनियताको शपथ लिने तयारी गर्नुभएको छ ।
उहाँको शपथ ग्रहण केहीबेरमा हुनेछ । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गर्नुभएको छ । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने निश्चित भएको छ ।
साथै सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाउने लगभग निश्चित भएको एमालेले जनाएको छ ।
अहिले शपथ ग्रहणको तयारी भइरहेको छ ।
कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङका नाममा परमादेश जारी गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा।नहकुल सुवेदी र डा. कुमार चुडालको पूर्ण इजलासले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो ।
गत साउन १७ गते मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिनेक्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका ईस्राइल मन्सुरीको पनि मत लिएपछि एमाले नेता कार्की सर्वोच्च जानुभएको थियो। कार्कीले दायर गरेको रिटमाथि बिहीबार सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला सुनाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच