नाडा अटो शोमा टिभिएसको इलेक्ट्रिक स्कुटर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौंं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले भदौ २६ गतेदेखि हुन गइरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युब सार्वजनिक गर्ने भएको छ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको विद्युतीय स्कुटरले नेपालीहरूको दैनिक आवत-जावत थप सहज बनाउँदै शहरी दैनिकीमा एउटा गेम चेन्जरका रूपमा स्थापित हुने कम्पनीको विश्वास छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो, ‘टिभिएस आइक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धता प्रतिनिधित्व गर्छ । आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकका लागि आकर्षक मूल्यमा नवीनतम् विकल्प प्रदान गर्ने उद्देश्यले हामीले टिभिएस आइक्युब नेपाली बजारमा ल्याएका हौँ ।’ तीन किलोवाटको बलियो बिएलडिसी हब मोटर प्रयोग गरिएको आइक्युबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनीको दाबी छ । स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघण्टा रहेको छ भने एकपटकको चार्जमा ७५ देखि सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । आइक्युबमा टिभिएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचरसमेत रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?