सेवाग्राहीको सहजताका लागि वडाले सञ्चालनमा ल्यायो टोलफ्री नम्बर

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोटको पचालझरना गाउँपालिका-९ ले टोलफ्रि नम्बर प्रयोगमा ल्याएको छ । वडा कार्यालयले नागरिकलाई सेवा लिन सहज होस् र कुनै सानो कामका लागि कार्यालयमै पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि टोलफ्री नम्बर प्रयोगमा ल्याएको हो ।

वडाका नागरिकलाई लक्षित गरी वडा कार्यालयले नागरिकलाई सेवा पनि होस् र फोन गर्दा सेवाग्राहीको रुपियाँ खर्च पनि नहोस् भनेर टोलफ्रि नम्बर प्रयोगमा ल्याएको जनाएको छ । वडा कार्यालयले १८१०५००००२५ को टोलफ्रि नम्बर प्रयोगमा ल्याएको छ ।

गाउँपालिकाले गर्न नसकेको काम वडा कार्यालयले गरेपछि नागरिक पनि उत्साहित भएका छन् । भदौ २० गतेबाट टोलफ्रि नम्बर प्रयोगमा आएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । वडा ९ का वडा अध्यक्ष ललितजङ्ग शाहीले सेवाग्राहीका लागि निःशुल्क नम्बर प्रयोगमा ल्याएको बताउनुभयो ।

उहाँले यो सेवा बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन हुनेभएकाले फोन गरेर जानकारी लिन वडाका नागरिकलाई आग्रह गर्नुभयो । वडा कार्यालयले टोलफ्रि नम्बर प्रयोगमा ल्याएपछि जिल्ला बाहिर हुनेहरूलाई सहज हुनेभएको छ ।

यसअघि जिल्लाको रास्कोट नगरपालिकाले पनि हेलो मेयर कार्यक्रम मार्फत जनताका जन गुनासो सुन्न र समस्या समाधानका लागि टोल फ्री नम्बर सञ्चालनमा ल्याएको थियो ।

स्थानीय सरकारमा टोल फ्री नम्बर प्रयोगमा ल्याउनु पहिले कालीकोट जिल्लामा किर्डाक नेपाल, सेभ द चिल्ड्रेन र सोसेक नेपाललगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले मात्रै टोल फ्री नम्बर सञ्चालनमा ल्याएका थिए ।

कालीकोटका नौ वटा स्थानीय तहमध्ये रास्कोट नगरपालिकाले हेलो मेयर कार्यक्रम मार्फत पहिलो पटक टोल फ्री नम्बर सञ्चालनमा ल्याएको थियो भने त्यसपछि जिल्लाको पचालझरना गाउँपालिका-९ ले पनि नागरिकलाई सेवा लिन सहज होस् र कुनै सानो कामका लागि कार्यालयमै पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?