यस्तो छ- आजको विदेशी मुद्रा विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसामा खरिदबिक्री हुनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०९ पैसा र बिक्री दर १६५ रुपैयाँ ८४ पैसामा कारोबार हुदाँ सोमवार अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८२ पैसा तथा क्यनेडियन डलर खरिदमा ९७ रुपैयाँ ७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५१ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९ रुपैयाँ भाउ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसामा खरिदबिक्रीको अनुमति दिइएको छ ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ र बिक्री दर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ कायम गरिदिएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.१० पैसा र विक्रीदर ४३१.४ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?