बर्दियामा बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट एक महिलाको निधन भएको छ।

शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीको बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको थियो।

महिलाको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरीया लगिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?