बाल यौन दुर्व्ययहारको आरोपमा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी ।  डडेल्धुरामा यौन दुव्र्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् । आलितालबाट बाल यौन दुर्व्ययहार गरेको आरोपमा विक्रमबहादुर विष्ट पक्राउ परेका हुन् ।

आलिताल गाँउपालिका वडा नम्बर ६ रन्तोलाका २६ वर्षिय विष्टलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । उनी विवाहित पुरुष हुन् । उनले १५ वर्षीया बालिकालाई दुर्व्ययहार गरेको आरोप छ । उनले बुधबार अपरान्न बालिकालाई यौन दुर्व्ययहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो ।

घटनामाथि थप अनुसन्धान जारी रहेको डडेल्धुरा प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?