नेपाल लाइफले सिंंगापुरमा फहरायो नेपाली झण्डा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका चारजना एजेन्सी मेनेजर सिंगापुरमा आयोजित एमडिआरटी ग्लोबल कन्फरेन्समा सहभागी भएका छन् । विश्वस्तरीय मान्यताप्राप्त बिमा अभिकर्ताको संस्था एमडिआरटीले ग्लोबल कन्फरेन्स २७ देखि ३० अगस्टसम्म सिंगापुरमा आयोजना गरेको थियो, जसमा विश्वभरिबाट करिब सात हजार पाँच सयजनाको उपस्थिति थियो ।

नेपाल लाइफ इन्स्योरेन्सबाट नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रममा रामचन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकीले सहभागिता जनाएका हुन् । उनीहरूले अन्तर्राष्ट्रियस्तरमा देशको झण्डा फहराउन पाउँदा आफूलाई निकै गौरवान्वित महसुस भएको बताएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अन्तर्राष्ट्रियस्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?