कुसोमद्वारा अनुसन्धानका लागि आहृवान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्नातक, एमफिल र पिएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न छ विषयमा अनुसन्धानका लागि प्रस्ताव आहृवान गरेको छ । कुसोमले एक कार्यक्रमबीच डब्लुटिओ चियर्स प्रोग्रामअन्तर्गत सेप्टेम्बर १५ सम्म अनुसन्धान प्रस्ताव आहृवान गरेको हो प्रस्तावको आहृवान कुसोमले अगस्ट १ मै विभिन्न सामाजिक सञ्जालमार्फत् गरेको थियो ।

कुसोमले प्रत्येक अनुसन्धानका लागि दुई लाख अनुदानसमेत प्रदान गर्ने भएको छ । अनुसन्धानको प्रकृतिअनुसार थप गर्र्न सकिने कुसोमका रजिस्टार प्राध्यापक डा. अच्युत वाग्लेले बताउनुभएको छ । कुसोमले गत वर्षसमेत चारवटा अनुसन्धानका लागि अनुदान दिएको छ ।

कुसोम विश्वभरका १७ अन्य विश्वविद्यालयस“गै प्रतिस्पर्धात्मक प्रक्रियामा डब्ल्युटिओ चेयर्स कार्यक्रमबाट सम्मानित भएको छ । अन्वेषकहरू र विद्यार्थीलाई डब्लुटिओ बहुपक्षीय व्यापार मामिलामा रुचिका लागि प्रोत्साहित गर्न सम्मान गरिएको हो । साथै कुसोमले ‘एआइबी साउथ एसिया कन्फ्रेन्स २०२४’ आयोजना गर्ने भएको छ । दक्षिण एसियाली राष्ट्र बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाको सहभागिता रहने कार्यक्रम आगामी वर्ष हुनेछ । कार्यक्रममा सहभागिताका लागि एआइबीको साउथ एसियाको वेबसाइटमा रजिष्टर गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?