नेम्वाङको निधनले स्तब्ध भएको छु : देउवा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताउनुभएको छ ।

आज बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै देउवाले संविधान सभाका अध्यक्षसमेत रहनुभएका नेम्वाङको निधनले स्तब्ध भएको बताउनुभएको हो ।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उहाँले लेख्नुभएको छ, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

नेम्वाङको सोमबार राति निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?