गुल्मीमा पेट्रोल पम्पको अनुगमन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीमा पेट्रोल पम्पको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत विनोद खनालको नेतृत्वमा जिल्लाभित्रका पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको हो ।

छत्रकोट गाउँपालिका वडा नम्बर-३ श्रृङ्गामा रहेको श्रृङ्गेश्वर आयल स्टोर्स, रुरुक्षेत्र गाउँपालिका वडा नम्बर-४ बलेटक्सारमा रहेको शुभ रेसुङ्गा ट्रेडिङ प्राली, रुरुक्षेत्र गाउँपालिका वडा नम्बर-१ रिडिमा रहेको नयना इन्टरप्राइजेजको अनुगमन गरिएको छ । त्यस्तै, सत्यवती गाउँपालिका वडा नम्बर(६ मा रहेको कालीगण्डकी आयल डिष्टीब्यूटर्स, चन्द्रकोट गाउँपालिका-७ मा रहेको रुद्रावती आयल स्टोर्सको गरिएको प्रशासकीय अधिकृत खनालले बताउनुभयो ।

अनुगमनका क्रममा डिजेलर पेट्रोल वितरण गरिने सबै पम्पहरु मापदण्डभित्र रहेको पाइएको बताइएको छ । डिजेलर पेट्रोल वितरण पम्पको परिमाण परिक्षण, व्यवसाय दर्तासँगै नवीकरण भए नभएको अनुगमन गरिएको हो । सञ्चालित एक बिक्री स्थानमा कागजात नराखेको हुँदा तत्काल जिल्ला प्रशासन कार्यालय पेश गर्न निर्देशन दिएको प्रशासकीय अधिकृत खनालले बताउनुभयो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा, घरेलु तथा साना उद्योग कार्यालय गुल्मी, नापतौल तथा गुणस्तर कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रतिनिधिहरु समेतको सहभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?