चट्याङ लागेर दार्चुलामा बालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका-३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते हुनुभएको छ ।

घाइते मीना र नरेश आमा छोरा हुनुहुन्छ । सोमबार साँझ खेतमा काम गरिरहेका बेला उहाँहरूलाई चट्याङ लागेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?