अस्ट्रेलियासँग भारत पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एएफसी एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । समुह बी अन्तर्गत शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाको जितमा ज्याक्सन इर्भिन र जोर्डन बोसले एक एक गोल गरेका थिए । यो जितपछि अस्ट्रेलियाले समुह बि मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल सिरियासँग विहिबार खेल्ने छ भने भारतले अर्को खेल उज्बेकिस्तानसँग विहिबार नै खेल्ने तालिका रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?