जसपाद्वारा प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनप्रति दुःख व्यक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।

“पञ्चायतविरुद्धको आन्दोलनदेखि ऐतिहास अनआन्दोलनसम्म मुलुकमा भएका परिर्वतनकारी सङ्घर्षमा अग्रणी भूमिका निर्वाह गर्नुभएका भद्र एंव शालीन व्यक्तित्व स्व नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ”, आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको हो । त्यसैगरी सो पार्टीले मधेस प्रदेशसभा सदस्य विन्दु यादवको आज भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?