श्रीलंकालाई हराउँदै भारत फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । श्रीलंकालाई हराउँदै भारत एसीसी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न खेलमा भारतले श्रीलंकालाई ४१ रनले हराएको हो ।

भारतले दिएको २१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४१.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो ।

श्रीलंकाका लागि दुनिथ वेललेजले ४२ रन बनाए । धनन्जय डी सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए ।

भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रीत बुमराहले समान २र२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलव १ ओभरमा अलआउट हुँदै २१३ रन बनाएको थियो ।

बिहीबार हुने पाकिस्तान र श्रीलंकाको खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । यस खेलमा विजेता बन्ने टोली फाइनलमा पुग्ने छ । फाइनल खेल आइतबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?