६१ किलो सुन तस्करी प्रकरण : रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ६१ किलो सुन तस्करीको अनुसन्धान गरेको  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी संलग्न रहेको कम्पनी रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग गर्दै बुधबार आफ्नो प्रतिवेदन बुझाउँदै छ ।

उक्त कम्पनीले थप ब्रेक शुबाट ३०२ किलो सुन ल्याएको निष्कर्ष निकाल्दै सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर मुद्दा चलाउन राय दिएको छ । अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।

सीआईबीले लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन लागेको प्रतिवेदनमा सो राय दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन गत २ साउनमा आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । ब्रेक शुमा लुकाएर ल्याइएको उक्त सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?