अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाको जित

हिमालय टाइम्स
Read Time = 3 mins

लण्डन । एडेन माक्ररमको शतकको मद्दतमा घरेलु टोली दक्षिण अफ्रिकाले तेस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई १११ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै पाँच खेलको ओडिआई सिरिज दक्षिण अफ्रिकाले २-१ मा पुर्‍याएको छ । दक्षिण अफ्रिकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३४ दशमलब ३ ओभरमा २२७ रनमा अलआउट भयो ।

अष्ट्रेलियाका लागि ओपनर डेबिड वार्नरले ५६ बलमा १० चौका र ३ छक्का हान्दै ७८ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । अर्का ओपनर ट्राभिस हेडले २४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाउनुभयो । त्यसबाहेक कप्तान मिचेल मार्शले २६ बलमा २९ रन बनाउनुभयो । मार्नुस लाबुसेनले १५ तथा एलेक्स केरीले १२ रन बनाउनुभयो ।

दक्षिण अफ्रिकाका लागि जेरार्ड कोट्जेले ४ तथा तबरेज साम्सी र केशव महाराजले समान दुई/दुई विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले ७४ बलमा ९ चौका र ४ छक्काको सहयोगमा अविजित १०२ को शतकीय इनिङ खेल्नुभयो । टिम्बा बभुमा र क्विटन डी ककले अर्धशतकीय इनिङ खेल्नुभयो ।

कप्तान बभुमाले ६२ बलमा ५७ रन बनाउनुभयो । डी ककले ७७ बलमा ८२ रन बनाउनुभयो । पहिलो विकेटका लागि बभुमा र डी ककले २२ दशमलब ५ ओभरमा १४६ रनको सानदार सुरुवात दिलाउनुभएको थियो । रिजा हेनरिकले ३९ तथा मार्को यानसनले ३२ रन बनाउनुभयो ।
अष्ट्रेलियाका लागि ट्रेभिस हेडले २ तथा तनबिर सान्गा, नाथन एलिस र मार्कस स्टोइनेसले समान एक/एक विकेट लिनुभयो । चौथो ओडिआई खेल आगामी शुक्रबार रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?