टर्कीमा ९ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । दक्षिण-पश्चिम टर्कीमा ९ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला परेको छ ।

अनुसन्धानकर्ताहरुको एक समूहले दक्षिण-पश्चिम टर्कीमा उत्खननका क्रममा ९ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला पारेका हुन् । फेलिडे प्रजातिको एक दुम्सी र अन्य पंक्षीहरुको जीवाश्म फेला परेको हो ।

सन् २०१७ देखि डेनिजली प्रान्तको ताभास जिल्लामा अनुसन्धानकर्ताहरुको समूहद्वारा जारी उत्खननको एक भागको रुपमा यी जीवाश्महरु फेला परेका हुन् । अनुसन्धानको नेतृत्व गर्ने बर्दुर मेहमेट अकिफ एरसोय विश्वविद्यालयका मानवशास्त्री अहमद इहसान आयटेकले दुम्सी एनाटोलियामा दुर्लभ प्रजाती भएको र यसको जीवाश्म फेला पार्नु ठूलो सफलता भएको बताए ।

अनुसन्धानकर्ताहरुले यसअघि उत्खनन स्थलमा हात्ती, गैंडा, जिराफ, घोडा, मृग र हरिण लगायतका १५ जनावरको जीवाश्म फेला परेको बताएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?