सरकारलाई पूर्णता दिन मन्त्रालय नफुटाउ : लुम्बिनी कांग्रेस

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ  । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले मन्त्रालय नफुटाउन मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई निर्देशन दिएको छ ।

लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन मन्त्रालय बढाउने तयारीमा रहेको लुम्बिनी प्रदेश सरकारलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आर्थिक भार थपिने गरी मन्त्रालय नबढाउन आग्रह गरेको हो । लुम्बिनी सभापति अमरसिंह पुनको अध्यक्षतामाबुधबार वसेको बैठकको निर्णय सार्वजनिकगर्दै कांग्रेसले यस्तो निर्देशन दिएको हो ।

प्रदेश मुख्य सचिव मोहनराज शर्माकाअनुसार कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले आर्थिक भार पर्ने गरी मन्त्रालयको सङ्ख्या नबढाउन काङ्ग्रेस नेतृत्वलाई निर्देशन गरेको हो ।

लुम्बिनी प्रदेशमा हाल मन्त्रालय थप्नेबारे छलफल चलिरहेको भन्दै अहिलेको अवस्थामा मन्त्रालयको सङ्ख्या थप गर्दा आर्थिक भार थपिने र त्यसले नागरिक स्तरमा नकारात्मक प्रभाव पर्ने मुख्य सचिव शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल विद्यमान मन्त्रालयको सङ्ख्या नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन कांग्रेस नेता तथा प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरिएको छ। सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय सरकारले प्रदेश सरकारलाई संविधानले तोके अनुसारका अधिकार दिन पनि माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?