भ्रष्टाचारको धन मूल धन

डा. गणेशप्रसाद घिमिरे
Read Time = 16 mins

मानिसको सबैभन्दा ठूलो धन आचार हो । यही आचरले हामीलाई मानिस बनाएको हुुन्छ । यदि मानिस आचार (नैतिक मूल्य र मान्यता) मा भ्रष्ट भयो भने त्यो आचारभ्रष्ट मानिएको हुन्छ । यही आधार आचारभ्रष्टको नियम पनि हो । मानिस जब आचारमा भ्रष्ट मानिन्छ त्यसलाई भ्रष्टाचारी भनिएको छ । आचार भ्रष्टका आधारमा हेर्ने हो भने पनि मानिसको आचारले नै उसलाई चिनाएको हुन्छ । आचारमा विरत रहेमा उसको चर्चा मानिसका सन्दर्भमा गरिँदैन । भ्रष्टाचार भन्नुु आचारमा भ्रष्टमात्र होइन आचाररहित तरिकाले धन कमाउनुु वा आचारणमा पतित हुनुुलाई पनि मानिएको छ । मानिस आचारणमा पतन नहुने प्राणी हो ।

आचरणले नै उसलाई मानिस बनाएको हुन्छ । आचरणमा उसले पतन हुने कार्य गर्‍यो भने त्यसलाई आचारमा भ्रष्टाचारी भनिएको पाईन्छ । भ्रष्टाचारीलाई देशमा मात्र होइन संसारको सबैभन्दा पतित मानिस मानिएको हुन्छ । शासकले गर्ने काम र उसको आचरणले उसलाई मानवीय जीवन जिउने आधार प्रदान गरेको हुन्छ । त्यो आधार समाप्तहुुँदासाथ मानिसका कर्म र त्यसले निर्वाह गर्ने भूूमिकाका सबै आधार समाप्त भएका हुन्छन् । यही आधार समाप्त भएर कमाएको मूल धन भ्रष्टाचारको मूल धन मानिन्छ सामाजिक रूपमा पनि ।

धन मानिसका लागि वा राज्यका लागि अनिवार्य मानिएको छ । धनका माध्यमबाट नै राज्य शक्तिशाली र कमजोर हुने आधार आजको मात्र होइन हिजोको शासकीय पद्यति पनि हो । आज संसारका हरेक देशले आर्थिक मन्दी व्यहोर्नुुपर्ने अवस्था किन आयो धनको अभाव हो ।

महाभारतकालीन समयमा हस्तिनापुरका असल शासक युुुधिष्ठिरलाई भीष्मले दिएको उपदेशमा पनि आचार नै शासकको सबैभन्दा गतिलो आधार हो भनेका छन् । यदि शासक आचारमा भ्रष्ट भयो भने उसका सबै काम र शासकले गर्ने शासकीय पद्यति नै राज्यका लागि कमजोर हुने कुरालाई बाहिर ल्याएका छन् । धन शासकका लागि अनिवार्य मानिएको छ । धनबिना शासकले शासनलाई गतिलो तरिकाले सञ्चालनमा ल्याउन पनि सक्दैन । धनलाई राज्यको अभिन्न अङ्ग मानिएको छ । यो धनले दिने व्यवस्थाका सबै अङ्गमा राज्यको शासकीय पद्यति नियन्त्रण हुनुु अनिवार्य मानिएको छ । शासकले धनलाई नै सबै मानेर गतिशील भयो भने उसको कर्म कमजोर हुने र शासनमा धनको सर्वोच्चस्थान मानिने हुनाले धनलाई शासकले शासकीय पद्यति र धर्मबाट आर्जन गर्नुपर्ने तर्क भीष्मले राखेको देखिन्छ ।

धनको महिमा :
धन मानिसका लागि वा राज्यका लागि अनिवार्य मानिएको छ । धनका माध्यमबाट नै राज्य शक्तिशाली र कमजोर हुने आधार आजको मात्र होइन हिजोको शासकीय पद्यति पनि हो । आज संसारका हरेक देशले आर्थिक मन्दी बेहोर्नुुपर्ने अवस्था किन आयो धनको अभाव हो । धनले संसारलाई र संसारका हरेक कर्मलाई पूूर्ण गर्ने हुनाले धनलाई नै सबैभन्दा महत्म मानिएको हो । शासकले शासन गर्ने सन्दर्भमा उसभित्रका आकाङ्क्षाले जहिले पनि उचाइ छोएको हुनुुपर्दछ । शासकभित्र सलबलाएको उचाइका आधारमा राज्यको विकास, उन्नति र प्रगति हुने कुरालाई नकार्न पनि सकिँदैन । शासकले सोच्ने आधारका सन्दर्भमा युुधिष्ठिरलाई भीष्मपितामह भन्छन् :
यदिदं दृश्यते वित्तं पृथिव्यामिह किंचन
ममेदं स्यान्ममेदं स्यादित्येवं कांक्षते जनः ।।
यो पृथ्वीमा जति पनि धन देखिएको छ यो सबै मेरो होस् भन्ने अभिलाषा सबैको हुने गर्दछ । यो मानवीय गुुण पनि हो । धनले नै मानिस ठूलो र सानोमा गनिने हुनाले धनलाई सबैभन्दा उत्तम ठहर गरिएको हो । धनलाई त्याग्ने र त्यसको सङ्ग्रह नगर्ने मानिसको अवस्था सदा कमजोर हुने गरेको पाइन्छ । सत्तामा सत्तासीन रहेका शासकका लागि धन त्यति महत्त्वको मानिँदैन । उसका लागि राज्यको व्यस्थित सञ्चालन नै सबैभन्दा महत्वको विषय रहको हुन्छ । धनको महिमा संसारमा मानिसका लागि अपरिहार्य मानिएको भए पनि शासकका लागि राज्यको व्यवस्थित सञ्चालनलाई महत्वका साथ हेरिएको पाइन्छ ।
न च राज्यसमो धर्मः कश्चिदस्ति परंतप
धर्मः संशब्दितो राज्ञामापदर्थमतोद्रन्यथा ।।
शासकको लागि राज्यको रक्षाभन्दा अर्को कुनै धर्म छैन । अहिले जुन धर्मको चर्चा गरिएको छ त्यो आपत्तिका समयमा शासकले अपनाउनुुपर्ने आधारमात्र हो । धनको सञ्चय पक्कै पनि शासकका लागि व्यक्तिगतरूपमा उत्तम मानिएको छैन । धनको महिमा र त्यसले निर्वाह गर्ने सामाजिक भूूमिका मानिसको मानवीय भावनासित गाँसिएको हुन्छ । धन सबै हो । धन केही पनि होइन तर राज्यका लागि भने धन अनिवार्य पनि हो । राज्यको ढुुकुुटी सम्पन्न भएमा मात्र राज्य व्यवस्थित तरिकाले सञ्चालन हुने कुरामा हाम्रा प्राचीन ग्रन्थहरू पनि विमति राख्दैनन् ।

राज्य कमजोर हुने र शासन गर्ने शासक सम्पन्न हुनुुलाई राम्रो मानिँदैन । यो नै राज्यमा देखिने गलत नजीर हो । तर शासनमा बसेपछि धन कमाउनुुपर्ने मोहले सजिएको हाम्रो मुलुुक धन कमाउनका लागि नै राजनीति र भ्रष्टाचार गर्नु हो भन्ने भावनाले भरिएको मुलुुक मानिएको छ ।

धन कमाउने आधार :
हाम्रा पूूर्वजका समयमा उत्तम कृषि, मध्यम व्यापार र अधम जागिर मानिएको थियो । आज समय फेरियो । आज उत्तम व्यापार, मध्यम जागिर र अधम कृषि मानिएको छ । आज आएर राजनीतिलाई समाजको विकास उन्नतिको आधार मानिन छोडियो । आज राजनीति पनि व्यापारका कोटिमा परेको छ । राजनीति सेवा हो । राजनीति विकास हो । राजनीति समाजमा पछि परेकालाई माथि उठाउने आधार हो तर हाम्रो देशमा त्यो हुन सकेन । आजको समयमा राजनीति पनि व्यापारभन्दा माथि उठेर उच्चासनमा विराजित भएको छ । धन कमाउने अधार छन् । भीष्म युधिष्ठिरलाई भन्छन् :
दानेन कर्मणा चान्ये तपसान्ये तपस्विनः
बुद्ध्या दाक्ष्येण चैवान्ये विन्दन्ति धनसंचयान् ।।
कसैले दानद्वारा, कसैले यज्ञकर्मका माध्यमबाट,कतिपयले तपका माध्यमबाट तथा कसैले बुुद्धिका बलबाट र धेरै मानिसले कार्यकुुशलताका माध्यमबाट धन कमाएका हुन्छन् । धन कमाउने आधारलाई धर्म, बुुद्धि, कार्य,क्षमता र बुुद्धिको कुशलता मानिएको छ । यी आधार धन सञ्चयका उत्तम मार्ग मानिएका छन् । यी आधारबाट कमाएको धन राज्य र व्यक्तिका लागि सुुखकर हुने तर्क उनको रहेको देखिन्छ ।

हजार रुपैयाँ भ्रष्टाचार गरेको एउटा कर्मचारी भ्रष्टाचारी मानिने र अख्तियारको कारवाहीमा पर्ने भ्रष्टाचार हुनेगरी निर्णय गर्ने मन्त्री जहिले पनि चोखो किन ? नेपालीलाई बेचेरसमेत धन कमाउन लालायित राजनीतिकर्मीको व्यवहारबाट आजको आम युवा आक्रोशित भएको छ ।

धन सञ्चय वा कमाउने सन्दर्भमा यहाँ भीष्मले राज्यलाई लुुटेर वा भ्रष्टाचार गरेर कमाउन कतै पनि आग्रह गरेका छैनन् । बुुद्धि र कार्य कुशलताबाट कमाएको धन नै सबैभन्दा उत्तम मानिएको छ । धनको सञ्चय मानिसका लागि सबैभन्दा उत्तम व्यवस्था मानिएको छ । धनको अभिलाषा सबैमा समान् किसिमको रहने तर्कमा कसैको पनि विमति देखिँदैन तर धनको सञ्चयमा धर्म र नीतिलाई प्रमुख मानिएको छ ।
कोशेन धर्मः कामश्च परलोकस्तथा ह्यम्
तं च धर्मेण लिप्सेत नाधर्मेण कदाचन ।।
धनको सञ्चयबाट नै धर्म, काम, लोक तथा परलोकको सिद्धि प्राप्त हुने गर्दछ । त्यो धनलाई धर्मका माध्यमबाट पाउने अभिलाषा राख्नुुपर्दछ । अधर्मबाट धन आर्जन गर्ने चाहना कहिले पनि नराख्नुु । धन आवश्यकता हो जीवनका लागि । धन अपरिहार्य हो बाँच्नका लागि । धन अनिवार्य हो समाजमा स्थापित हुनका लागि आजको समयमा तर अर्धम र भ्रष्टाचारबाट कमाएको धन भने होइन । धनलाई महाभारतले पनि अनिवार्य मानेको छ । शासकले राज्यको उत्थानका लागि धनको इच्छा र चाह राख्नुु अनिवार्य मानिएको छ । मानिसलाई जीवन बाँच्नका लागि धनको अनिवार्य अवस्था स्वीकार गरिएको छ ।

आजको नेपाल र नेपाली राजनीतिमा सक्रिय रहेका व्यक्ति धनाढ्य बनेका छन् तर राज्य कमजोर बनेको छ । सामान्य परिवारमा जन्मेको, गाउँ तथा दूरदराजबाट राजनीति आरम्भ गरेको नेता आज सम्पन्न बनेको छ किन ? सामान्य परिवारमा जन्मेर देशको उन्नति र प्रगति गरेर नेपाललाई संसारको विकसित मुुुलुुकमा लैजाने अभिलाषा बोकेको राजनीतिकर्मी पनि आज सम्पन्न बनेको छ कसरी ? निर्वाचित भएर मन्त्री बन्नासाथ सम्पन्न व्यक्तिमा राजनीतिकर्मी पर्ने गरेको हुन्छ किन ? यही हो अधर्मको कमाइ र राज्यदोहनको अवस्था पनि । यही अवस्थाका कारण आज नेपाल गरिब बन्दै गयो । नेपालमा राजनीति गर्ने व्यक्ति र तिनको परिवार सम्पन्न बन्दै गयो ? यसको उत्तर नेपाली जनतासित छैन ।

नेपाली जनताको बालिग मताधिकारबाट चुनिएका र देशमा विकासको मूल फुटाउन गएका प्रतिनिधि धनी र सम्पन्न हुने देश आर्थिक मन्दीको चपेटामा पर्ने किन ? जीवनको बाटोलाई सहज तरिकाले बाँचुुँला भनेर तीस वर्षको उमेरसम्म अध्ययन गरेको ठिटो देशको बिग्रँदो अवस्था देखेर हवाइअड्डामा आँसुु चुहाउँदै विदेशिने सोही हवाइअड्डाबाट बाहिरिएको सयकिलो सुन तस्करीमा नेताहरूकै सन्तान समातिने किन ? हजार रुपैयाँ भ्रष्टाचार गरेको एउटा कर्मचारी भ्रष्टाचारी मानिने र अख्तियारको कारबाहीमा पर्ने भ्रष्टाचार हुनेगरी निर्णय गर्ने मन्त्री जहिले पनि चोखो किन ? नेपालीलाई बेचेरसमेत धन कमाउन लालायित राजनीतिकर्मीको व्यवहारबाट आजको आम युवा आक्रोशित भएको छ ।

विदेशी भूूमिबाट समेत नेपाली राजनीतिको गलत बाटोलाई सुधारिन आग्रह गरेको छ । देशमा राजनीति गर्ने नेताले देशको विकासलाई प्रमुुख लक्ष्य बनाएको भए आजको आम युुवा स्वदेशमै कुुटोकोदालो गरेर बस्ने थियो । आमनेपालीले जस्तै बाँच्ने आशामा रहने थियो । देशको विकास रउन्नतिमा आफूलाई समर्पित गर्ने थियो । आफ्ना सन्तानको आँखामा आँसुु देखाएर, बुद्ध भएका आमाबुुबाका चाहना र सन्तानको सुनौलो भविष्यका लागि बाहिरिने नेपाली कामदार, स्वदेशमा प्राप्त गरेको शिक्षाले जीवन धान्न नसकेर शिक्षा र कमाउनका लागि विदेशिने आम नेपाली युुुवा, छोरी र बुहारीले नानातिना जन्माएपछि तेल भीषामा बाहिरिने आमाबुुबा तथा सासुुससुराका आँसुुले नेपाली राजनीतिका राजनेतालाई सचेत गराउनुुपर्ने हो ।

सचेत भएका छैनन् । विभिन्न प्रकृति र पद्यति बोकेका भ्रष्टाचारका काण्ड बाहिर निस्कँदा पनि हाँसेर अकूूत कसरी कमाउने धन्दामा लागिरेहेका छन् हाम्रो देशका नेताहरू । किन यस्तो छ हाम्रो देशको हालत । नेपालीले यसको उत्तर खोजेका छन् । दिने प्रतिबद्धता गर । अन्यथा तिमीमात्र होइन तिम्रा सन्तान र तिमीले कमाएको अकूूत सम्पत्ति पनि तिम्रा लागि काम लाग्ने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?