साहित्यिक पत्रकारद्वारा तीन स्रष्टालाई अभिनन्दन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यिक पत्रकार संघले एक कार्यक्रमकाबीच संस्कृतिविद् डा.जगमान गुरुङ, आख्यानकार गीताकेशरी र कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको छ ।

संघको स्वर्ण महोत्सवका अवसरमा आयोजित अभिनन्दन समारोहका प्रमुख अतिथि पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका नेता शंकर भण्डारी, राप्रपाका नेता राजेन्द्र लिङ्देन, संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले स्रष्टाहरूको अभिनन्दन गर्नुभयो ।

कार्यक्रममा नेम्बाङले लेखक साहित्यकारहरूले देशमा सधैं गाईजात्रा भइरहेको छ भनेर गुनासो गर्नुभन्दा त्यस्ता गाईजात्रा गर्नेहरूसम्म आफ्ना विचार पु¥याउने र उनीहरूलाई ठीक बाटोमा ल्याउनेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

सो अवसरमा राधेश्याम लेकाली, राजेन्द्र लिङ्देन, शंकर भण्डारी, सम्मानित व्यक्तित्व डा.जगमान गुरुङ र मदनदास श्रेष्ठ, कवि प्रमोद प्रधानले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?