ट्युनिशियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । सन् २०२३ मा ट्युनिशियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ ।

यस वर्षको ८ महिनामा विदेशी पर्यटकको संख्या ६२.४ प्रतिशतले वृद्धि भएको पर्यटन मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार यस वर्षको जनवरीदेखि अगस्टसम्म कुल पर्यटकको संख्या ६ करोड ३३ लाख पुगेको छ ।

जसमा फ्रान्सेली २३ प्रतिशतमाथि, जर्मन ६६.३, इटालियन २५.९, स्विस पर्यटक २३.७ प्रतिशत रहेको बताइएको छ । यो अवधिमा ट्युनिशियाको राजश्वमा ४७.२ प्रतिशतले वृद्धि भएको छ । पर्यटन क्षेत्र ट्युनिशियाका लागि मुख्य आर्थिक उपार्जन क्षेत्र हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?